३५औं बी पी स्मृति दिवसमा मनाइयो

२०७४, ६ साउन, काठमाडौं ।वीपी कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा वीपी विचार राष्ट्रीयसमाज, काठमाडौ जिल्ला समितिको आयोजनामा “राजनेता वीपीकोइराला र वर्तमान नेपाली राजनीति” विषयक एक विचार गोष्ठी काठमाडौमा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट वोल्दै समाजका केन्द्रीयसभापति माननीय कुलबहादुर गुरूंगले ओखलढुंगा काण्ड पछि उहाँलाईभेट्न आउनेहरू वीपीलाई अव काँग्रेस सकियो भन्थे, आफ्ना दर्जनौंकार्यकर्ताहरूको शदादतबाट त्यसवेला वीपी निकै दुखित हुनुहुन्नथ्यो तरविचलित कहिल्यै हुनु भएन भन्दै वीपीसंगको रोचक स्मरण एेतिहासिकघटना माथि प्रकास पार्नु भयो ।
काँग्रेसलाई विउझ्याउन तपाईहरू यसरी चिन्तित हुनुहुन्छ, म ८४ वर्षकोयुवक पनि अझै पनि पार्टीलाई कसरी बचाउन सकिन्छ, वीपीलाई कसरीन्याय गर्न सकिन्छ भनेर लागिरहेको छु भने युवा पुस्ता अझै सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।

समाजका केन्द्रीय सह-सभापति नेपाली काँग्रेसका पूर्व महामन्त्रीगोविन्दराज जोशीले वीपीले त्यसै वेला “म मरे पछि मेरो विचारको मेरैसाथीहरूले अपव्याख्या गर्नेछन्” भन्ने मार्मिक भनाइको उल्लेख गर्दै ,गिरिजा वावुले माओवादीसंग दिल्लीमा १२ बुँदे समझदारी गर्न दिल्लीजाँदा कसैलाई जानकारी नगरी जानु भएको र उहाँलाई वीपीको मान्यतार गिरिजा वावुको इच्छा विपरीत कस्ले दिल्ली पुर्यायो ? त्यसैलेकाँग्रेसलाई वीपी विचारबाट विचलित गरायो भन्दै आज पनि कांग्रेसपार्टी सिद्धान्त र वीपी विचारलाई अपव्याख्या गर्दै गर्दैछ । यसबाट मुक्तगरेर पार्टीलाई बचाउन जरूरी छ ।

कार्क्रममा पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली कांग्रेसलक्ष्मणप्रसाद घिमिरे, समाजका महासचिव विनयध्वज चन्द, काँग्रेसनेता लोकेश ढकाल, समाजका प्रदेश नं. ३ का संयोजक खेमराज सेढाई रसमाजका कोषाध्यक्ष गीता रेग्मीले कार्यक्रममा विचार राख्दै वीपीकोविचार र चिन्तनको सान्दर्भिकता माथि प्रकास पार्नु भएको थियो ।

कार्यक्रममा संवैधानिक कानूनका ज्ञाता डा. विपिन अधिकारी र क़ानूनविद् डा. भीमार्जुन आचार्यले नेपाली काग्रेसले वीपीको विचार र दर्शनबाटविचलित भएर ठुलो भुल गरेको छ भन्दै काँग्रेसले सिद्धान्त र आदर्शहिनढंगबाट स्थानीय तहको निर्वाचनमा माओवादीसंग गरेको गठवन्धन काँग्रेसको इतिहास कै सबै भन्दा ठुलो भुल हो, यसको मूल्य काँग्रेसलेचुकाउनु पर्नेछ भन्दै देशमा काँग्रेसको विकल्प छैन, तर पार्टी गलत बाटोहिडेको छ, हामी जस्ता स्वतन्त्र प्रजान्त्रवादीहरूका लागि सबै भन्दा ठुलोचिन्ता हो भन्नु भयो ।

समाजका काठमाडौं जिल्ला सभापति सुरेन्द्रप्रसाद मिश्रकोसभापतित्वमा सम्पन्न कार्यक्रममा सागर खनालले स्वागत मन्तव्यराख्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.