दीप प्लस टु मा प्रशिक्षण कार्यक्रम सम्पन्न

दीप बोर्डिङ हाइ स्कुलको प्लस टु तर्फ व्यवस्थापन सङ्कायमा व्यवस्थापन विषयको क्षेत्र विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ११ र १२ का विद्यार्थीहरू सहभागी भएको प्रशिक्षण कार्यक्रममा कैलाश विकास बैङ्कका प्रबन्धक ज्ञानेन्द्र गिरीले व्यवस्थापन विषय लिएर पढ्दा भविष्यमा लिन सकिने फाइदा र अवसरका बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले म्यानेजमेन्ट विषय लिएर राम्रोसँग पढेपछि बैङ्किङ, इन्सुरेन्स, फाइनान्स, उद्योग, व्यापार लगायत अन्य व्यवस्थापकीय क्षेत्रमा अवसर प्राप्त गर्न सकिने र व्यवस्थापन सङ्कायकै अध्ययनबाट संसारका विविध क्षेत्रमा नेतृत्व लिएर कुशल व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै दीपका प्राचार्य टीकाराम न्यौपाने, कलाधर अर्याल, व्यवस्थापन सङ्कायका संयोजक डी.बी. रायमाझीले व्यवस्थापन सङ्कायको औचित्य र महत्व बारे प्रकाश पार्दै भविष्यमा कुशल बैङ्कर, प्रशासक, व्यापारी, उद्योगी र व्यवसायी बन्न मिहिनेत गरेर अध्ययन गुर्नपर्ने बताउनुभयो ।
व्यवस्थापन सङ्कायका सम्पूर्ण विद्यार्थी र शिक्षकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यार्थी जेसिका रायमाझीले गरेकी थिइन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.