सिद्धार्थ साहित्य परिषदको २०० औं संगम सम्पन्न

भैरहवा, साउन ७ । सिद्धार्थ साहित्य परिषदको २०० औं संगम शनिबार भैरहवामा सम्पन्न भएको छ ।
परिषदका अध्यक्ष डिल्लीराज भट्टराइको सभापतित्व तथा बरिष्ठ समालोचक बालकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उत्त m कार्यक्रममा परिषदका पुर्व उपाध्यक्ष देवी न्यौपाने धीरले परिषदको ऐतिहासीकताको बारेमा प्रकाश पारेका थिए ।
सोही अवसरमा कवि आलोक न्यौपानेद्धारा रचित समयका छालहरु कृविता संग्रहको विमोचन समेत भएको थियो । सो कृतिको वरिष्ठ साहित्यकार विजय सागरले समीक्षा गरेका थिए । संगम २ शतक पुरा भएको अवसरमा नियमित रुपमा संगममा सहभागीहरुमध्ये सबैभन्दा धेरै पटक सहभागी हुने स्रष्टा वनमालि निराकार र गंगा अभिलाषीलाई सम्मान समेत गरिएको थियो ।
परिषदका सचिव नरेश के.सी.को स्वागत तथा कोषाध्यक्ष सीता काफ्लेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ समालोचक बालकृष्ण भट्टराई, प्राज्ञ बुंद राना, प्रा.डा कपिल लामिछाने, बनमालि निराकार, विजय सागर लगायतले मन्तब्य राख्दै नेपाली भाषा साहित्य र संस्कृतिको इतिहांसमा परिषदले खेलेको भूमिका महत्वपुर्ण भएको बताएका थिए ।
कार्यक्रममा महाकवि मोदनाथ शास्त्री, गजलकार रमेश समर्थन, योगगुरु पुनाराम गिरी, कविहरु छवि ज्ञवाली, खगेन्द्र बस्याल, तेजप्रसाद पन्थ, हृदय लेकाली, रामबहादुर श्रेष्ठ, गंगा लिगल, युवराज शर्मा , उमेश रिजालले रचना बाचन गरेका थिए । यसैगरी लता प्रधान, विन्केश्वरी श्रेष्ठ, गंगा अभिलाषी, माधव प्रसाद पन्थि, उदयराम पौड्याल, कृष्णप्रसाद कोइराला, आलोक न्यौपाने, योगराज आचार्य, डा. कविन्द्र बज्राचार्य, लक्ष्मी शर्मा अधिकारी, कमल पोखरेल निश्चछल, दामोदर पाण्डे, घनश्याम विक, अम्बिका पाण्डे लगायतले विभिन्न रचना सुनाएका थिए ।
२०३८ सालमा स्थापना भएको परिषदमा हरेक महिनाको पहिलो शनिबार रचनाबाचन कार्यक्रम हुदैं आएको छ । परिषदले देवकोटा जयन्ती र भानु जयन्तीलाई विशेष रुपमा मनाउदै आएको छ भने भैरहवाको देवकोटा चौंकमा महाकविको प्रतिमा स्थापना समेत गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.