अन्तर्घात गर्नेहरुलाई कारवाही गर्न काँग्रेस केन्द्रीय सदस्यहरुको माग

काठमाडौ । साउन ७ । काँग्रेस केन्द्रीय सदस्यहरुले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई कारवाही गर्न माग गरेका छन । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि निर्वाचनको समिक्षा र भावी रणनीति तय गर्न शुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार बनेकाहरुलाई असहयोग गर्नेहरु अन्तर्घाती भएको भन्दै कारबाही गर्न माग गरेका हुन ।
स्थानीय उम्मेद्ववारको टिकट केन्द्रले बाँडेको र समयमै नदिँदा चुनाव हार्नुपरेको भएपनि अन्तर्घात गर्नेहरुलाइ कारवाही नभए आगामी चुनावी नतिजा झन खराब हुने धारणा सदस्यहरुले राखेको केन्द्रीय सदस्य एनपी साँउदले बताउनुभयो ।
बैठकमा बोल्ने केही सदस्यहरुले संविधानको सर्वस्वीकार्यतामा पार्टीको भूमिका प्रष्ट पार्न नसकेको, निर्वाचनको मुखैमा प्रधानन्यायाधिशमाथि महाअभियोग प्रस्ताव र प्रहरी प्रमुखको विवादले पनि कांग्रेसलाइ क्षति भएको धारणा राखेका थिए भने केही सदस्यहरुले सरकार विस्तार र पार्टीको विभाग तथा पदाधिकारीलाई छिटो पुर्णता दिन माग गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.