संसदीय प्रणाली असफल,प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली ठिक–माओवादी केन्द्र,चार हजार सदस्यीय समिति विघटन गर्दै ९९ सदस्यीय केन्द्रीय समिति वनाउने निर्णय

काठमाडौ । साउन ७ । नेकपा माओवादी केन्द्रले संसदीय प्रणाली असफल भएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाने निर्णय गरेको छ ।

संसदीय प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको ठहर गरेको माओवादीले पुर्ण समावेशी र समानुपातिक प्रणालीलाइ अघि सार्ने निर्णय पनि गरेको छ ।

आफ्नो रणनीतिलाइ चुनावी एजेण्डा बनाउने निर्णय समेत माओवादीले गरेको छ । त्यसका लागि राष्ट्रपतीय प्रणाली स्वीकार गर्ने शक्तिहरुसँग छलफल गर्दै चुनावी अभियानको रुपमा लैजाने निर्णय समेत बैठकले गरेको छ ।

स्थानिय तह निर्वाचनको समीक्षा गर्न एकसाता सम्म वसेको सचिवालयको विस्तारित बैठकले चार हजार सदस्य रहेको महाधिवेशन आयोजक समितिलाई विघटन गर्दै ९९ सदस्यीय केन्द्रीय समिति वनाउने निर्णय पनि गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकले आगामी प्रेदश र केन्द्रीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको छ । आगामी निर्वाचनका लागि नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति, रामबहादुर थापाको नेतृत्वमा उम्मेद्वार छनोट समिति र टोपबहादुर रायमाझीको नेतृत्वमा प्राविधिक र ब्यवस्थापन समिति गठन गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.