वाणिज्य क्याम्पसमा जर्नल विमोचन

बुटवल, साउन ७ । लुम्बिनी वाणिज्य क्याम्पसले प्रकाशन गरेको ‘द लुम्बिनी जर्नल अफ ल्वाईङ्वेज एण्ड लिटरेचर’ को शनिबार विमोचन गरिएको छ । क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर प्रा. डा. प्रेमराज पन्तले विमोचन गरेका हुन् ।
जर्नल विमोचन गर्दै प्रा. डा. पन्तले अनुसन्धानमुलक जर्नल प्रकाशन अत्यन्त प्रशंसनीय र महत्वपूर्ण भएको बताए । उनले जर्नल प्रकाशनलाई निरन्तरता दिन आग्रह समेत गरे । सो जर्नलमा अंग्रेजी भाषा तथा साहित्यका ९ वटा अनुसन्धानमुलक लेखहरु समावेश गरिएको छ ।
कार्यक्रममा जर्नलका बारेमा सह–प्राध्यापक डा. केएन पाण्डे र उप–प्राध्यापक अरुणकुमार क्षेत्रीले टिप्पणी गरेका थिए । बुटवलका विभिन्न क्याम्पसमा अध्यापनरत ४५ जना अंग्रेजी भाषा शिक्षकहरुको सहभागिता रहेको कार्यक्रम लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद ओझाको अध्यक्षतामा भएको हो ।
जर्नलका प्रधान सम्पादक उप–प्राध्यापक मधुकर शर्माको स्वागत तथा जर्नल प्रकाशनको उद्देश्य र महत्वमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन उप–प्राध्यापक रोमनाथ शर्माले गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.