कोरियाली भाषा परीक्षामा १२ हजार १ सय ८ जना पास

काठमाडौ । साउन १० । यस बर्षको कोरियाली भाषा परीक्षामा १२ हजार १ सय ८ जना पास भएका छन ।

मंगलवार सार्वजनिक गरिएको नतिजा अनुसार कृषि तर्फ ७ हजार ५ सय ३० र औद्योगिक तर्फ ४ हजार ५ सय ७८ जना उर्तीण भएको रोजगार अनुमति प्रणाली इपिएस कार्यालयले जनाएको छ । भाषा परीक्षा पास गरेकाहरु सन् २०१८ बाट कोरिया जान थाल्ने छन् ।

६८ हजार युवा जनशक्तिले गत जेठ २७ र २८ गते काठमाडौंमा भाषा परीक्षा दिएका थिए ।
भाषा परिक्षाको नतिजा वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय र इपिएस कार्यालयको को वेवसाइट राखिएको छ । रोजगार अनुमति प्रणाली इपिएस मार्फत अहिलेसम्म ४५ हजार भन्दाबढी युवा कोरिया पुगिसकेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.