काँग्रेसमा भागवण्डा मिल्यो,बुधवार को को हुँदैछन मन्त्री?

काठमाडौ । साउन १० । पार्टी भित्रको भागबण्डाले सरकार बनेको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसकेका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको भागबण्डा मिलेपछि बुधवार सरकार विस्तार गर्ने हुनुभएको छ ।

मन्त्रि कसलाई बनाउने र कुन मन्त्रालय लिने दिने भन्ने विवादले नेपाली कांग्रेसभित्र विवाद भएपछि सरकार विस्तार रोकिएको थियो । मंगलवार काँग्रेसका गुटहरुबाट मन्त्रीहरुको नाम टुङगो लागेपछि पछी बुधवार मन्त्रीहरुलाई सपथ गराउने तयारी गरिएको छ ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई चार, खुमवहादुर खड्का र कृष्णप्रसाद सिटौलापक्षलाई एक– एक मन्त्रालय दिएर पार्टी भित्रको आन्तरिक भागवण्डा मिलाउनु भएको हो ।

आफनो गुटवाट पनि देउवाले भोलि नै मन्त्रीहरु बनाउनुहुने बताइएको छ ।
रामचन्द्र पौडेल पक्षले मन्त्रीका लागि काठमाण्डौका राजन केसी, वर्दियाका सञ्जय गौतम, धनुषाका रामकृष्ण यादव र कास्कीका यज्ञवहादुर थापाको नाम सिफारिस गरेको छ । यी सबै जना निर्वाचित सा‌सद हुन् ।

खड्का पक्षबाट मोहनबहादुर बस्नेत र सिटौला पक्षका भिमसेनदास प्रधानको नाम पहिल्यै टुगों लागेको थियो ।
प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसबाट १०, माओवादी ६ र फोरम लोकतान्त्रीकका दुइ जना मन्त्रीलाइ बुधवार सपथ गराउने तयारी गर्नु भएको उहाँका सहयोगीहरुले बताएका छन ।

अहिले सरकारमा कांग्रेस र माओवादीबाट तिन–तिन जना र फोरम लोकतान्त्रिकबाट एक जना सरकारमा सहभागि छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.