चौतर्फि आलोचनापछि १९ जना नयाँ मन्त्रि थपेर मन्त्रिपरिषद् बिस्तार

काठमाडौ । साउन ११ । सरकार गठन भएको दुई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसकेको भन्दै चौतर्फि आलोचना भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले १९ जना नयाँ मन्त्रि थपेर मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ ।

नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, फोरम लोकतान्त्रिक बाट २ र नेकपा संयुक्तबाट १ जना थपेर विहिवार भएको मन्त्रिपरिषद् विस्तारसंगै मन्त्रीको संख्या २७ पुगेको छ ।

विस्तारित मन्त्रिपरिषदमा काँग्रेसवाट सूचना तथा सञ्चार मन्त्री मोहनवहादुर वस्नेत, कृषि विकास मन्त्री रामकृष्ण यादव, खाने पानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव, सहकारी तथा गरिवि निवारण मन्त्री अम्विका वस्नेत,भौतिक योजना तथा पूर्वाधार मन्त्री वीरवहादुर वलायर, वाणिज्य मन्त्री मीनवहादुर विश्वकर्मा, कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञवहादुर थापा, रक्षामन्त्री भीमसेन दास प्रधान, सिंचाइ मन्त्री सञ्जयकुमार गौतम र युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, हुनुहुन्छ ।

त्यसैगरी माओवादीबाट स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासन मन्त्री टेकवहादुर वस्नेत, आपूर्ती मन्त्री शिवकुमार मण्डल, उर्जामन्त्री महेन्द्र वहादुर शाही, महिला वालवालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला र पशुपंक्षी विकास मन्त्री शन्तकुमार थारु रहनुभएको छ ।

फोरम लोकतान्त्रिकबाट पर्यटन तथा नागरिक उड्ययन मन्त्री जितेन्द्रनारायण देव, भूमिसुधार तथा व्यवस्था मन्त्रि गोपाल दहित, तथा नेकपा संयुक्तबाट मिथिला चौधरी जनसंख्या तथा वातावरण मन्त्री बन्नुभएको छ ।
नवनियुक्त मन्त्रिहरुलाई शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट मन्त्रीभएका १० मध्ये सञ्चार मन्त्री मोहनवहादुर वस्नेत वाहेक सबै नयाँ अनुहार छन् । बस्नेत यसअघि नै राज्यमन्त्री हुनुभएको थियो । ६ जनाले काँग्रेसको जिल्ला सभापति भएर नेतृत्व सम्हालेका छन । सिंचाई मन्त्री गौतम वर्दियामा पार्टी सभापति हुनुहुन्छ भने कानून मन्त्री थापा, रक्षामन्त्री प्रधान, भौतिक पूर्वाधार मन्त्री वलायर, सञ्चारमन्त्री वस्नेत र कृषिमन्त्री यादव पनि पार्टीका पुर्व जिल्ला सभापति हुन ।
यस्तै रक्षामन्त्री प्रधान नेपाल प्राध्यापक संघको पुर्व सभापति,कृषिमन्त्री यादव संसदको लेखा समितिको पुर्व सभापति, खानेपानी मन्त्री यादव तरुण दलको पुर्व अध्यक्ष हुनुहुन्छ ।
खेलकुदमन्त्री केसीले अघिल्लो संविधानसभामा काठमाण्डौ क्षेत्र न‌ १० वाट माओवादी अध्यक्ष पुष्पकमल दाहाललाइ पराजित गरेर चर्चा कमाउनु भएको थियो । भने नेपाल दलित संलघका अध्यक्ष समेत रहेका वाणिज्य मन्त्री मीन विश्वकर्मा तत्कालीन प्रधानन्यायाधिश सुशीला कार्की माथि महाअभियोग प्रस्ताव दर्ता गर्न मुख्य भूमिका खेल्नु भएको थियो । सहकारी तथा गरिवी निवारण मन्त्रालय पाएकी अम्विका वस्नेत नेपाल महिला सं्तघको सभापति भैसक्नु भएको छ ।

यस्तै माओवादी केन्द्रले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल वाहेक पाँच नयाँ अनुहारलाई सरकारमा पठाएको छ । अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न प्रमुख भूमिका खेल्नु भएका सचेतक टेकवहादुर वस्नेतलाइ सामान्य प्रशासन मन्त्रालय र तत्कालीन प्रधानन्यायाधिश सुशीला कार्की विरुद्ध महाअभियोग लगाउने प्रस्तावका अगुवा महेन्द्र बहादुर शाहीलाइ उर्जा मन्त्री बनाइएको छ ।
पशुपन्क्षी विकास मन्त्री सन्तकुमार थारु, महिला तथा बालबालिका मन्त्री आशा खनाल कोइराला र आपूर्ति मन्त्री शिवकुमार मण्डलले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाउनु भएको हो ।
शपथ पछि सवै मन्त्रीहरुले पद बहाली पनि गरेका छन । उनीहरुले आआफ्नो मन्त्रालयमा सुधार र जनताका हितका काम गर्ने वाचा पनि गरेका छन ।
यस्तै फोरम लोकतान्त्रिकका पर्यटन मन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार मन्त्री गोपाल दहित पुरानै अनुहार हुनुहुन्छ । नेकपा संयुक्तबाट मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालय पाउनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.