पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ पनामा काण्डमा दोषि ठहर,पदमा बस्न अयोग्य

बुटवल । साउन १२ । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई त्यहाको सर्वोच्च अदालतले पनामा काण्डमा दोषि ठहर गरेको छ ।

सर्वोच्च अदालतको उक्त घोषणा सगैँ सरिफ प्रधानमन्त्री पदका लागि अयोग्य हुनुभएको छ । कालो धन आर्जन गरेको आरोपमा सरिफ दोषि ठहर भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन ।

सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद पाँच सदस्यीय इजलासले नवाज शरीफलाई दोषी ठहर गरेको हो ।

विपक्षी दल पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष इमराज खानले पनामा पेपर लिक्स प्रकरणमा प्रधानमन्त्री सरिफ विरुद्ध अदालतमा मुद्दा दायर गर्नुभएको थियो । खानले हालै सर्वोच्च अदालतमा यस मुद्दाको छिटो फैसला सुनाउनुपर्ने माग गर्दै अपिल समेत गर्नुभएको थियो ।
शरीफ प्रधानमन्त्री रहेकै बेला अघिल्लो समयमा तत्कालिन सैनिक शासक परवेज मुशर्रफले अपदस्थ गरेर शासन सत्ता हातमा लिएपछि शरीफले देश नै छाड्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.