नागपञ्चमी र जनैपुर्णिमा पर्व एकै दिन मनाइदै

बुटवल । साउन १२ । नागपञ्चमी र जनैपुर्णिमा पर्व शुक्रवार एकै दिन मनाइदै छ । नागपन्चामीका दिन बिहानै नागको पूजा गरी घरको मूलढोकामा नागको चित्र टाँसी दुबो, गाईको गोबर, दूध र अक्षताले पूजा गर्ने गरिन्छ ।

नागको पूजा गर्नाले चट्याङ, आगलागी जस्ता विपत्ति तथा सर्प, बिच्छी जस्ता विषालु जीवहरुबाट बच्न सकिने विश्वास गरिदै आएको पाइन्छ । नागको पुजा गर्न राजधानीको नागपोखरी लगायत देशभर विभिन्न स्थानमा भक्तजनहरुको विशेष उपस्थिति हुने गर्छ ।

यसैबीच यो बर्ष पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले रक्षाबन्धन तथा जनैपुर्णिमा पनि शुक्रवार नै मनाइदैछ । तिथिले श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन र जनै फेर्ने दिन भए पनि यसवर्ष एकैदिन मनाइँदैछ ।
पञ्चाङ्ग निर्णायक समितिले नागपञ्चमीसँगै रक्षाबन्धन पर्व मनाउने निर्णय गरेको हो ।
रक्षाबन्धनमा सुख शान्तिको कामना गर्दै विधिअनुसार मन्त्रिएको डोरो बाँध्ने चलन छ । तराइ क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई डोरो अर्थात राखी बाँधिदिने चलन छ । राखी बाँधे दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिन्छ ।
यसदिन मास भटमास केराउ चना सिमी बोडी लगायत नौ प्रकारका गडागुडीको टुसा उमारेर क्वाँटी खाने चलन समेत छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.