लुम्विनी वाङमय प्रतिष्ठान नेपाल नवलपरासीको दोश्रो अधिवेशन

लुम्विनी वाङमय प्रतिष्ठान नेपाल नवलपरासी शाखाको दोश्रो अधिवेशन कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पस सम्पन्न भयो ।
प्रतिष्ठानका शाखा अध्यक्ष इश्वर खनालको अध्यक्षता र केन्द्रीय अध्यक्ष हिमलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको संचालन सचिव अर्जुन पाण्डेले गर्नुभएको थियो ।
अधिवेशनले धनपति कोइरालाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त कार्यक्रममा साहित्यकारहरु डाक्टर घनश्याम न्यौपाने परिश्रमी, डाक्टर श्यामप्रसाद न्यौपाने, प्राध्यापक हुमकान्त पाण्डे लगायतको उपस्थिति थियो ।
कार्यक्रममा दिपक सोती, नारायणप्रसाद श्रेष्ठ, भुपेन्द्र शर्मा, हेमा आले,लिला मास्के लगायतलाई सम्मान गरिएको थियो ।
यस्तै तेजेन्द्र सापकोटा, लोकनाथ भुसाल,टिकादेवी पोखरेल लगायतले आआफ्नो रचना वाचन गर्नुभएको थियो । ,

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.