सर्वोच्च अदालतद्धारा भरतपुरमा फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णय सदर, फैसला दुर्भाग्यपूर्ण– एमाले

बुटवल । साउन १५ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्वर १९ को पुनः मतदान गर्न आदेश दिएको छ।
गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते माओवादी केन्द्रले मतपत्र च्यातेपछि परेको मुद्दामा झण्डै दुई महिना लामो सुनुवाइपछि आइतबार सर्वोच्च अदालतले फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको हो ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको वडामा पुनः मतदान गर्ने आयोगको निर्णयलाई सदर गर्दै फैसला गरेको हो।
अब निर्वाचन अयोगले नयाँ मिति तोकेर भरतपुर १९ मा पुनः निर्वाचन गर्नेछ।
माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि मतगणना स्थगित भएकै बेला निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो।
तर पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले ‘मतगणनास्थल रणभूमितुल्य बनाइएको’ भन्दै आयोगलाई प्रतिवेदन बुझाएका थिए।
माओवादीले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालले चुनाव हार्ने स्थिति देखिएपछि षडयन्त्र स्वरुप फेरि मतपत्र च्यातेका थिए । त्यहा २७ वडाको मतगणना सकिइएसकेको थियो । नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले जित्ने पनि पक्का जस्तै थियो ।
सर्वोच्चको फैसला मतदान गर्ने पक्षमा आएमा चुनावमा जाने तयारी पनि दुवै पक्षले गरिसकेका छन । केहीले भने फेरि मतदान भएमा हार्ने पक्षले मतपत्र च्यात्ने क्रम वढ्ने भन्दै चिन्ता जनाएका छन ।
यसैबीच नेकपा एमालेका सचिव भट्टराइले सर्वोच्चको फैसला प्रति टिप्पणी गर्दै एमालेले स्वतन्त्र न्यायलयप्रति सम्मान र न्यायलयको गरिमालाई उच्चो राख्न सदैब कृयाशिल रहनेछ भन्नुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ– तर आजको फैसला दुर्भाग्यपूर्ण छ । यसले राजनीतिको अपराधिकरण तथा अपराधको राजनीतिकरणलाई प्रसय दिएको छ । नागरिकको सर्बोच्चता तथा जनमतलाई अपमानित गरेको छ । तथापि भरतपुरका जनताले पुन आफ्नो जनमत मार्फत नागरिकको सर्बोच्चतालाई स्थापित गर्नेछन । हामीलाई भरतपुरका जनताप्रति पुरा भरोसा छ । नेपाली जनताले पटक पटकको भदौ १२ लाई कहिलेसम्म सहनु पर्ने हो ?

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.