बुटवल । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।
भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि भन्दै अख्तियारको थुनामा रहेका शर्मालाई सर्वोच्चको मंगलवारको पुर्ण इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
अख्तियारले पक्राउ गरेपछि शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट माथि सुनावाई गर्दै सर्वोच्चले न्यायिक हिरासतमा राख्न भनेपछि
शर्मालाई महानगरीय प्रहरी परिसर टेकुमा हिरासतमा पठाईएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।
अख्तियारले अधिकतम नाफा कमाएका संस्थालाई समेत कर छुट दिएको, एनसेल, बैंक तथा वित्तिय संस्थामा किर्ते गरेरै छुट दिएको दाबी गर्दै शर्मा सहित ३ जना विरुद्ध मुद्धा दायर गरेको छ। कर फर्योट आयोगका अध्यक्ष लुम्भध्वज महत र सदस्य उमेश ढकाल फरार छन ।
अख्तियारले सार्वजनिक पदमा बसेर मूलुकलाई ठूलो नोक्सानी पुर्याएकोले विगोको तीन गुणा बढी अर्थात झण्डै ३३ अर्व विगो जरिवाना दाबी गरेर मुद्दा दायर गरेको छ ।