सुर्योदय टोल विकास समितिको साधारणसभा

 

 

बुटवल, साउन २१ । बुटवल–७ स्थित सुर्योदय टोल विकास समितिमा नयाँ
कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न समितिको सातौं साधारणसभा तथा
चौथो अधिवेशनले मोहनीलाल रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
गरेको हो । जसको उपाध्यक्षमा कौशलराज भण्डारी, सचिव के. बि. राना,
सह–सचिव निलम पाण्डे, कोषाध्यक्ष टोपलाल खनाल रहेका छन् ।
यस्तै सदस्यहरुमा सुभाष घिमिरे, ईन्दिरा खनाल, कमला न्यौपाने, रिता खनाल,
लिाल वल्लभ बस्याल र गिता ज्ञवाली रहेका छन् । साधारणसभा समितिका अध्यक्ष
मोहनीलाल रिजालको अध्यक्षता, वडा नं. ७ का वडाध्यक्ष कमलप्रताप थापाको
प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा वडा सचिव राजुप्रसाद लामिछाने, वडा
नागरिक मञ्चका संयोजक ऋषिराम पाण्डे, पुष्प सहकारीका अध्यक्ष चरण
तिमल्सेनालगायतले बोलेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.