प्रप संघको बैठक बुटवलमा

 

बुटवल, साउन २१ ।
प्रगतिशील पत्रकार संघ नेपाल केन्द्रीय समितिको सचिवालय बैठक बुटवलमा बसेको छ ।
अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनबारे छलफल गरेको थियो ।
बैठकमा संगठनका अन्य आन्तरिक पक्षका साथै गरी आवश्यक निर्णयहरु गरिएको बैठकपछि अधयक्ष नारायण शर्मा र महासचिव उदय जीएमले विज्ञप्ती जारी गरी जानकारी गराउनुभएको छ ।
नेपाल पत्रकार महासंघलाई आम नेपाली श्रमजीवी पत्रकारहरुको साझा र अभिभावकीय संस्थाको रुपमा विकास गर्न अन्य सञ्चार संगठनहरु र सरोकारवाला सबै पक्षसँग सहकार्य गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रगतिशील पत्रकार संघको तर्फबाट महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउन वार्ता, छलफल र सहकार्यका लागि अधिकतम प्रयास गर्ने बैठकले निर्णय गरेको छ । महासंघलाई साझा स.स्थाको रुपमा विकास गर्न र महासंघको निर्वाचनका विषयमा अध्यक्ष नारायण शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरिएको पनि विज्ञव्ती मार्फज जानकारी गराईएको छ ।
बैठकले नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा प्रगतिशील पत्रकार संघ नेपालको तर्फबाट महासचिव उदय जीएमको नेतृत्वमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
बैठकले संगठनको तर्फबाट महासंघका विभिन्न पदहरुका लागि उम्मेदवारका नामहरु पनि तय गरेको छ । नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सन्टर, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सोसाइटी, मिडिया सोसाइटी लगायतका अन्य संगठनहरुसँग सहमतिका लागि वार्ता समितिले अधिकतम प्रयास गर्नेछ । त्यो वार्ता प्रयास सफल हुन नसकेमा निश्चित पदहरुमा प्रगतिशील पत्रकार संघको तर्फबाट एकल उम्मेदवारी दिने निर्णयसमेत गरिएको अध्यक्ष शर्माले बताउनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.