सिनपाको परिषद भदौं ४ गते

 

भैरहवा, साउन २१ । सिद्धार्थनगर पालिका भैरहवाको परिषद भदौं ४ गते हुने भएको छ । शुक्रबार नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको नगरको बोर्ड बैठकले परिषदको मिती तय गरेको हो ।
मेयर अधिकारी तथा उपमेयर उमा काफ्ले सहित नगरका बोर्डका पदाधिकारी संलग्न बैठकले नगरको विकासकोलागी विभिन्न महत्वपुर्ण समिती समेत गठन गरेको छ । मेयर अधिकारीले दिएको जानकारी अनुसार सार्वजनिक सेवा तथा क्षमता विकास समितीमा वडा नम्बर २ का अध्यक्ष दिपक कुमार थापा संयोजक रहेका छन् । यसैगरी आर्थिक समितिमा वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेल संयोजक रहेका छन् ।
पुर्वाधार विकास समितीमा वडा नम्बर ११ का अध्यक्ष दिलिप कुमार यादव संयोजक रहेका छन् । वातवरण तथा विपद समितीमा वडा नम्बर ७ का अध्यक्ष भिमसेन कर्माचार्य संयोजक रहेका छन् । सामाजिक विकास समितीमा वडा नम्बर ५ का अध्यक्ष चेतबहादुर क्षेत्री संयोजक रहेका छन् । विधेक (कानुन ) समितीमा वडा नम्बर ९ का अध्यक्ष शेषकान्त भण्डारी संयोजक रहेको छन् ।
नगरमा जनप्रतिनिधी चुनिएर आएपछि हुन लागेको परिषदले नगरको विकासको खाका प्रस्तुत गर्ने नगरबासीको अपेक्षा रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.