भरतपुर प्रमुखमा रेणु दाहाल बिजयी

बुटवल ।साउन २२। अन्तत जे का मत च्यातिएको थियो त्यसै अनुसार भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल बिजयी हुनु भएको छ । उपप्रमुखमा भने नेपाली काँग्रेसकी पार्वती शाह बिजयी हुनु भएको छ ।
नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनबाट उम्मेद्वार बन्नुभएकी दाहाल ४३ हजार १ यस २७ मत सहित बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत पाउनु भएको छ । दाहाल २ सय ३ मत अन्तरले बिजयी हुनु भएको हो । त्यस्तै, उपप्रमुखमा पनि गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसकी पार्वती शाह ४७ हजार १ सय ९७ मत सहित बिजयी हुनु भएको छ ।
गत बैशाख ३१ गते पहिलो चरणमा भएको चुनाव अन्तर्गत १९ नम्बर वडाको मतगणना भैरहेका बेला मतपत्र च्यातिएपछि लामो समयको विवाद र सर्वोच्च अदालतको आदेशसँगै वडा नम्बर १९ मा शुक्रबार पुन मतदान भएको थियो ।
पहिलो चरणमा एमालेका देवी ज्ञवाली अगाडी भएपनि दोश्रोपटक भएको मतदानमा रेणु दाहाल विजयी हुनुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.