सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौतर्फी प्रसंशा

 

केशव भण्डारी
बुटवल । साउन २२ । रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्धारित समय र लक्ष्यभन्दा अघि नै कम बजेटमा स्थानीय बासिन्दालाइ खानेपानी वितरण गरेपछि समितिको चौतर्फी प्रसंशा भएको छ ।
सैनामैना नगरपालिकाको वडा नम्वर १ र २ का १६ सय ५० भन्दा बढी घरधुरीका १० हजार उपभोक्तालाई खानेपानी वितरण गर्न सफल समितिले थप क्षेत्रमा समेत काम गर्ने तयारी गरेको छ ।
समितिको चौथो बार्षिक साधारणसभाका अवसरमा आइतवार भएको कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले समग्र नगरको विकासमा समितिको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले तोकिएको समय भन्दा अघि काम गरेर नमुना प्रर्दशन गरेको भन्दै समितिका पदाधिकारीको प्रशंशा गर्नुभयो । उहाँले आगामी योजना र विकासका लक्षहरु आगामी नगरपरिषदमा पेश गर्नेगरी तयार गर्न समिति र नगरवासीहरुलाई पनि आग्रह गर्नुभयो उहाले स्वथ्यरहनका लागि सरसफाई ध्यानदिन र बजेटको दश प्रतिशत रकम सरसफईका निम्ती छ’ट्याउन’ पर्ने वताउन’भयो ।


कार्यक्रममा बोल्ने बक्ताहरुले पनि गरिव तथा विपन्नलाइ धारा जडानमा सहुलियत दिन र खानेपानी शुल्क घटाउन माग गर्दैे समितिको नेतृत्वले लक्ष्यभन्दा राम्रो काम गरेकोमा खुसी ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष पदम सुवेदीले सबैको सहयोगबाट आफ’ सफलभएकोले सवैलाई धन्यवाददिदै अवसर पाएफेरीपनि उपभोक्ताको सेवागर्नेबताउन’भयो
त्यस अवसरमा खुसीराम चौधरी, तेजेन्द्र थापा,गणेश गौतम,तमबहादुर सोमै,गोविन्द लम्साल,रामबहादुर कुंवर,नारायण न्यौपाने,चिन्तामणि भुसाल र सुर्यविक्रम राना म’क्तm वहा’र थापा लगायतले सैनामैना खानेपानी तथा उपभोक्ता समितिले गरेका काम र आगामी दायित्वबारे प्रकाश पारेका थिए ।
समितिका अध्यक्ष पदम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वेदवम मल्लले स्वागत गर्नुभएको थियो भने संचालन सचिव रेशम खाँडले गर्नुभएको थियो ।
कार्यक्रममा पुर्व सांसद स्वर्गीय भक्ति पाण्डेलाइ मरणोप्रान्त सम्मान गरिएको थियो । यस्तैसंस्थाको विभीन्न उपसमीतिमा रहेर काममा सहयोग गर्ने सहयोगीहरुलाइ पनि सम्मान गरिएको थियो । कार्यक्रममा अहीले सम्मको आयव्यय तथा आगामी बर्षको निति कार्यक्रम र अन’मानित बजेट प्रस्त’त गरिएको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.