सबैलाई समेटेर योजना बनाउनुस सुवेदी

 

बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले योजनाबद्ध बिकाशलाई जोड दिईने बताउनुभयको छ । बुटवललाई प्रदेशको राजधानि र महानगर बनाउने योजनाका साथ बुटवलको बिकाशका कार्यक्रम अगाडि सारिने सुवेदीको भनाई छ । त्यसको लागि भबिष्यमा बुटवलको चिनारी के हुने भन्ने लक्षका साथ २५ बर्षे दिर्घकालिन गुरुयोजना, ५ बषै आवधिक योजना र १ बर्षे अल्पकालिन योजना बनाई नगरको बिकास योजना बनाउन लागिएको सुवेदीले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७४÷०७५ को बर्षिक निति कार्यक्रम र बजेट तर्जुमा बुटवल ७ को वडा भेलालाई सम्बोधन गदै सुवेदीले बिकासमा साझा लक्ष तय गरि एउटै खाका बनाई काम भई रहेको बताउनुभयो । जनप्रतिनिधिको अभावमा बिकाश निर्माणका काममा जनताको अपनत्व हुन सकेन, यसले हामी अहिले पछि परिसकेको अव त्यसको क्षेतिपुर्ति सहित जनताको अपनत्व सहितको अयोजना लाई पहिलो प्राथमिकता राखीने छ त्यसैअनुसार सुझाव दिनआग्रह गर्नभयो । कार्यक्रममा टोल बिका संस्था वडा समन्वय समिति संयोजक मोहनिलाल रिजालले खानेपानी , गुरुयोजना सहतिको नालि निर्माण, हरियालि प्रवद्धन, महिला बालबालिका लक्षित कार्यक्रम लाई प्राथमिकता दिनु पर्ने र भ’मीहिन असाहय विपन्न वर्गका व्यक्तीको पहिचान गरी गास,बासका लागी पहल गरीन’ पर्ने बताउनुभयो । व्यवस्थित तरिकाले बजेट आओस, थोरै थोरै बजेटले अधुरो काम गर्दा प्रभावकारी बिकास हुन नसकेको रिजालको भनाई थियो । कार्यक्रममा नमुना टोल अध्यक्ष तिलक न्यौपाने, संगम टोल बिकाश संस्था अध्यक्ष हेम बहादुर बिक, सुस्त मनस्थिति बाल मन्दिरका अध्यक्ष लोकनाथ भुषाल, उत्तम टोल अध्यक्ष डम्वर बहादुर गौचन, नेकपा एमालेका निर्मल पाण्डेले श्रवण पथ जोड्ने पुललाई चौडा गरिनुपर्ने, व्यापारिक र पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्न सकिने, हाट बजारमा सोलर जडान , सार्वजनिक सौचाल, लागुऔषधको नियन्त्रण, सिपमुलक कार्यक्रम संचालन गरिनुपर्र्नेे लगायतका योजना भेलामा पेश गर्नुभएको थियो । वडाध्यक्ष कमल प्रताप थापाकोअध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका बरिष्ठ अधिकृत बिजय देव भुर्तेल, नाशु ठगिश्वर पोखरेल, सामाजिक परिचालक पुष्षा बिक टोल विकाससंस्थाका संयोजक हरुले बोल्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.