नेपाली समाज अमेरिकाको आयोजनामा जनैपूर्णिमा पर्व मनाइयो

 

 

डिसी नेपाली समाज अमेरिकाको आयोजनामा अमेरिकाको भर्जिनिया स्थित सेण्टरभिलमा जनै पूर्णिमा पर्व मनाइएको छ । बिगत १० वर्ष देखि मनाइदै आएको बिभिन्न पर्वहरु जनै पूर्णिमा, तीज, दशैं, तिहार लगायत बिभिन्न चाड पर्वहरूमा बर्षेनी नपाली समुदायको उपस्थिती बढ्दै गईरहेको छ ।

 


अमेरिकामा बिभिन्न पेशा तथा व्यवशाय गरी बस्ने नेपालीहरुबिच आफ्ना मौलिक सँस्कृती, परम्परा तथा रिती रिवाजको संस्मरण एवं संरछण गर्नको लागी बिभिन्न पर्वहरु सामुहिक रुपमा मनाउन थालिएको डिसी नेपाली समाज अमेरिकाका अध्यछ अरुण रुपाखेतीले बताउनुभयो । वहाँले आफ्नै निवासमा बिगत १० बर्ष देखी यस्ता बिभिन्न धार्मिक तथा सामाजिक गतिबिधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । वहाँकै निजी निवासमा संस्थाको कार्यालय तथा मन्दिर समेत स्थापना गर्नुभएको छ, जहाँ एकादशी लगायत बिभिन्न समयमा भजन किर्तन समेत हुने गर्दछ । समय समयमा हुने यस्ता कार्यक्रममा १५ सय देखी ३ हजार सम्म नेपाली समुदायको उपस्थिती रहने गरेको अमेरीका स्थीत मतपत्रनेपाल का संवादाता बिण्णु न्यौपानेले बताए ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.