बिग्रदो राजनीति, शिक्षा, स्वास्थ्य, भ्रष्टाचारमा गाईजात्रे प्रहार

 

बुटवल, साउन । लुम्बिनी बोर्डिङ स्कुलमा हा“स्य व्यङ्ग्य प्रतियोगिता–२०७४ सम्पन्न भएको छ । गाईजात्राको अवसर पारेर विद्यालयको वार्षिक कार्यक्रम तालिका अनुसार आयोजित सोही कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका सदस्य कोशलराज बस्यालले गरेका थिए ।
निकै हा“स्य र व्यङ्ग्यले भरिएको सोही प्रतियोगितामा प्रमुख अतिथिको रुपमा प्याब्सन प्रदेश नं ५ का सदस्य एवम् प्राचार्य लालहरि पाण्डे रहेका थिए । कक्षा २ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी भएको सोही प्रतियोगितामा विद्यार्थीहरुले देशको बिग्रदो राजनीति, शिक्षा, स्वास्थ्य, भ्रष्टाचार लगायत विभिन्न सामाजिक विकृति र विसङ्गतिमाथि आफ्नो हा“स्य व्यङ्ग्य अभियानद्धारा चोटिला प्रहारहरु गरेका थिए ।
विभिन्न समूहमा विभाजित गरी मुल्याङ्कन गरिएको सोही प्रतियोगितामा कक्षा २ र ३ को समूहबाट कक्षा ३ ख प्रथम र २ ख को समूह दोस्रो भएका थिए । त्यस्तै कक्षा ४, ५ र ६ को समूहबाट कक्षा ५ क र ६ ख को समूह क्रमशः प्रथम र दोस्रो

भएका थिए भने कक्षा ७ देखि ९ को समूहबाट कक्षा ८ ख प्रथम र कक्षा ९ दोस्रो भएका थिए ।
सोही कार्यक्रममा प्रमुख अतिथिका बोल्दै प्राचार्य लालहरि पाण्डेले विद्यार्थीमा रहेको अभिनय कलाको प्रशंसा गर्दै यस्ता प्रतिभाहरुलाई विद्यालयले उचित अवसर दिएर अगाडि बढाउने धारणा व्यक्त गर्दै देशको समसामयिक वातावरण र सामाजिक विकृतिले बालमानसिकतामा पारेको असरप्रति चिन्ता व्यक्त गरे । सहप्राचार्य हरि प्रसाद ज्ञवालीले विद्यार्थीको अभिनय कलालाई प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा खारिदै जाने कुरा बताए ।
निर्णायकमा टेकबहादुर कु“वर, गङ्गा भण्डारी, विष्णु जी.सी. को टोली र सम्पूर्ण कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख अजय रानाले गरेका थिए भने क्रार्यक्रमको सञ्चालन शिक्षक डिल्लीराज गैरेले गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.