स्वर्गीय पाटामगर पत्रकारिता पुरस्कार गुरुङलाई

 

बुटवल, साउन २५ । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ(फोनिज)
रुपन्देहीको १८औ स्थापना दिवसको अवसरमा स्वर्गीय देव पाटामगर पत्रकारिता
पुरस्कार बुधबार प्रदान गरिएको छ । हरेक वर्ष महा संघ फोनिजले आदिवासी
जनजाति पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । यसवर्ष नेपाल
पत्रकार महासंघ फोनिजका निवर्तमान अध्यक्ष भीमप्रसाद गुरुङलाई नगद पाँच हजार
र कदरपत्रले सम्मान गरिएको हो । पुरस्कार रकम तामाङ घेदुङका अध्यक्ष कुमार
तामाङले सहयोग गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बुटवल
उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीले समाजको सकारात्मक रुपान्तरणमा
लाग्न पत्रकारलाई लाग्न आग्रहगर्दै यस नगरमा रहेका आदीवासी जनजाति पत्रकारहरुले
नगरवासीका आवाज विहीनहरुको आवाज स्थानीय निकायसम्म पु¥याई अधिकार स्थापित
गर्नसहयोग गर्ने बताए ।
त्यस्तै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले
महासंघले आदवासी जनजाति पत्रकार महासंघसँग हातेमालो गर्दै अगाडि बढ्ने
बताएका थिए । सोही अवसरमा सम्मानित गुरुङले आदिवासी जनजातिहरुको
भाषा,सस्कृतिलाई उजागर गर्नका लागि आदिवासी जनजाति पत्रकार महासंघ
फोनिजले महत्वपूर्ण भूमिका खेलेको बताउँदै महासंघलेसम्मान गरेकोमा
सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रम रुपन्देही फोनिजका अध्यक्ष मिलन
गाहाको अध्यक्षता, कोषाध्यक्ष सुन्दर तरामुको स्वागत र सचिव आशिष
सुर्यबंशीको सञ्चालनमा भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.