चलचित्र संरक्षण भोलिदेखि प्रदर्शनमा

 

बुटवल, साउन २५ । चलचित्र ‘संरक्षण’ भोलि (साउन २७) गतेदेखि देशभर एकसाथ
प्रदर्शन हुने भएको छ । यसै क्षेत्रका चलचित्र उद्यमी समेत रहेका निर्माता प्रदीप
उदयको निर्माणमा बनेको नेपाली कथानक चलचित्र भोलि (शुक्रबार)देखि देशभरका
हलहरूमा एकसाथ प्रदर्शन हुन लागेको हो । चलचित्र निर्माता तथा कलाकारहरूले
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी फिल्म प्रदर्शनको जानकारी दिएको हो ।
निर्माता उदयले चलचित्र वर्तमान नेपालका राजनीतिक परिस्थितलाई कथावस्तुमा
उतारेर निर्माण गरिएको बताए । ‘अहिले पहाड र तराईका जनताबीच जुन विभेद
सिर्जना गर्न खोजिएको छ’ उदयले भने, ‘त्यही ५ पी केन्द्रित रहेको चलचित्र
बनेको छ ।’
चलचित्र वीरगञ्ज ९० प्रतिशत छायाङ्कन र १० प्रतिशत काठमाडौँमा गरिएको उनको
भनाइ छ । चलचित्रमा सौगात मल्ल, निखिल उप्रेती, निर शाह, मलिना जोशी र
अस्मिना नकर्मी लगायत दर्जनौं प्रख्यात कलाकारहरुले अभिनय गरेका छन् । नायिका
मलिना जोशीले चलचित्र धेरै राम्रो बनेको भन्दै एकपटक चलचित्र हेर्न सबैलाई
आग्रह गरिन् । उनले आफू चलचित्रमा पत्रकारको रुपमा भूमिका निभाएको जानकारी
दिइन् । अर्की नायिका अस्मिना नकर्मीले लभ स्टरी भन्दा संरक्षणले सामाजिक
विषय वस्तु उठाएकोले चलचित्र राम्रो बनेको बताइन् । चलचित्र पत्रकार संघ,
रूपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता तथा सचिव रमेश अर्यालको सञ्चालनमा
कार्यक्रम भएको थियो । चलचित्र निर्माता टोली अहिले प्रचार–प्रसारको लागि
देश दौडाहामा निस्किएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.