विवादास्पद् कर फर्छौट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौ । साउन २७ । सर्वोच्च अदालतले विवादास्पद् कर फर्छौट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले सदस्य सचिव शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । अव शर्मा विरुद्धको मुद्दा विशेष अदालतले टुंगो लगाउने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मा विरुद्ध विशेष अदालतमा कर छुटमा अनियमितता गरेको सम्बन्धमा मुद्दा चलाइरहेको थियो । अख्तियारले अर्वौ रकम हिनामिना गरेको दावी पनि गरेको छ ।
अख्तियारको थुनामा रहेका शर्मालाई सर्वोच्च अदालतले साउन १७ गते न्यायिक हिरासतमा राख्न आदेश दिएपछि अख्तियार परिसरको थुनुवा घरबाट टेकुस्थित प्रहरी परिसरको थुनुवाकक्षमा सारिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.