संशोधन विधेयक साउन ३१ गते संसदमा निर्णयार्थ पेश गर्ने सरकारको तयारी

काठमाडौ । साउन २७ । संविधान संशोधन विना स्थानीय तह निर्वाचनमा नजाने निर्णय राजपा नेपालले गरेपछि सरकारले संशोधन विधेयक यहि साउन ३१ गते संसदमा निर्णयार्थ पेस गर्ने तयारी गरेको छ । संसदमा विचाराधिन संविधान संशोधन विधेयक अघि बढाउन माग गर्दै आएको राजपा नेपालका नेताहरुसँग शुक्रवार भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले संशोधन विधेयक निर्णायार्थ पेस गर्ने बताउनुभएको हो ।

संशोधन विधेयकका पक्षमा दुई तिहाइ वहुमत पुर्याउने योजनाका साथ अघि वढ्ने आश्वासन प्रधानमन्त्री देउवाले दिनुभएको राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले बताउनुभयो । छलफलमा प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको फैसलापछि प्रदेश नम्वर २ मा स्थानीय तहको संख्या थप गर्ने प्रकृया थाल्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
राजपा नेताहरुले भने संविधान संशोधन, गरी स्थानीय तहको संख्या थप गरे असोज २ गते हुने स्थानीय तह चुनावमा भाग लिने वताएका थिए । बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा राजपा ६ जना अध्यक्षहरुको सहभागिता थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.