देशभरका कृष्ण मन्दीरहरुमा भक्तजनको घुईचो

 

बुटवल साउन ,३० । हिन्दु धर्मावलम्वहरुले मुलुकभर आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । श्रद्धालुले कृष्णमन्दिरहरुमा गई श्रीकृष्णको पुजा, आरधना, व्रत र भजन कीर्तन गर्ने गर्छन् । द्धापरयुगमा रोहिणी नक्षत्रयुक्त भाद्र कृष्णअष्टमीको मध्यरातमा मथुराको एक कारागारमा कंसकी वहिनी देवकीको कोखबाट भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा यस रातलाई मोहरात्रि पनि भन्ने चलन छ ।
आज व्रत वसी राति भगवानको ध्यान उपासना गर्ने शास्त्रीय विधान रहेको छ । भाद्र कृष्ण अष्टमी रोहिणी नक्षत्रका दिन मध्यरातमा मथुराको कंस कारागारमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलई श्रीकृष्ण जन्माष्टमी पर्वका रूपमा हर्षोल्लास पूर्वक मनाइन्छ । भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भएको हो । जुन दिन देखि हालसम्म पनि भव्य रूपमा भगवान्को जन्माष्टमी व्रत कथाका साथ पर्व मनाउने गरिन्छ । देशभरका कृष्ण मन्दीरहरुमा भक्तजनको घुईचो लागेको छ । देसभर भारीबर्षा भैरहदा समेत कृष्णमन्दीर हरुमा सर्वसाधाण को भीड रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.