पश्चिमाञ्चलमैं ठूलो राशीको हाजिरीजवाफ आयोजना गरेका छौं: कंडेल

हाम्रो अपेक्षा पुरस्कारको राशीले स्नातक पढाइमा विद्यार्थीलाई सहयोग पुगोस् भन्ने हो ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा। लि। ले आयोजना गर्न हाजिरीजवाफ प्रतियोगिताका बारेमा जानकारी दिनुहोस् न ?

एक्सपर्टले पश्चिमाञ्चलकैं ठूलो पुरस्कार राशीको हाजिरीजवाफ प्रतियोगिताका आयोजना गर्दैछ । आउँदो भदौं २ गतेबाट सुरु हुने रुपन्देही जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितालाई ‘एक्सपर्ट क्विज–२०१७’ नाम दिइएको छ । यो प्रतियोगितामा कक्षा ११, १२ समेत सञ्चालन गरेका रुपन्देहीका विभिन्न ६८ माध्यमिक विद्यालयको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालन गर्न हाम्रो संस्थालाई जिल्ला शिक्षा कार्यालय रुपन्देहीले २०७४ साउन १८ गते अनुमति प्रदान गरेको छ ।

प्रतियोगिता कसरी सञ्चालन हुने छ ?

यो प्रतियोेगिता विभिन्न तीन चरणमा हुनेछ । पहिलो चरणमा हामीहरु प्रत्येक विद्यालयमा पुगेर कक्षा ११ र १२ का प्रतियोगितामा सहभागी हुन ईच्छुक विद्यार्थीहरु मध्येबाट तीन÷तीन जनाको तीन वटा समूह बनाउनेछौं । ती तीन समूहलाई प्रतिस्पर्धा गराएर प्रथम हुने एक समूह नगर वा गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामाा सहभागी हुनेछन् । विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमशः नगद तीन, दुई र एक हजार दिइनेछ । यस्तै नगर वा गाउँपालिका स्तरीय प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः दश, सात, पाँच हजार नगद प्रदान गरिनेछ । यसरी छानिएर नगर वा गाउँपालिकाबाट प्रथम भएर आएका समूहबीच अन्तिम चरणमा जिल्लास्तरीय प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धामा प्रथम हुने समूहले नगद तीन लाख पाउनेछ । यस्तै द्धितीय र तृतीय हुने समूहले क्रमशः ५० हजार र २५ हजार पाउँनेछन् । यसरी प्रदान गरिने पुरस्कार रकम समूहमा सहभागी विद्यार्थीले नै पाउनेछन् ।

पुरस्कारको राशी त ठूलो देखियो नि?
हो, हाम्रो अपेक्षा पुरस्कारको राशीले स्नातक पढाइमा विद्यार्थीलाई सहयोग पुगोस् भन्ने हो । जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने समूहका विद्यार्थीलाई छनौटका दुई अवसर दिइनेछ । उनीहरुले नगद नलिई हामीले छनौट गरेका विभिन्न ८ कलेज र ५ विषय मध्ये कुनै एकमा स्नातक अध्ययन गर्न चाहेमा त्यो अवसर निःशुल्क रुपमा उपलब्ध गराइनेछ । हामीले भदौं २ गते हाजिरीजवाफ प्रतियोगिता सुरु गरेसँगै फेसबुकमार्फत् पनि अनलाईन हाजिरीजवाफ समेत सञ्चालन गर्नेछौं । फेसबुकको भ्ह्एभ्च्त् क्ष्भ्ीत्क् पेजमा हामीले हरेक १५ दिन एउटा प्रश्न सोध्ने र त्यसको सही जवाफ पठाउनेमध्येबाट एक जनालाई गोलाप्रथा गरेर विजयी घोषणा गर्नेछौं । यो प्रतियोगितामा मुलुकभरका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । यसरी विजयी हुने विद्यार्थीको एक महिनाको शुल्क बराबरको रकम हामीले उपलब्ध गराउनेछौं ।
यी सबै प्रतियोगिताहरु सञ्चालन गर्न १६ लाख रुपैंया खर्च हुने अनुमान छ । प्रतियोगितालाई पूर्णरुपमा विश्वसनीय बनाइनेछ । हाजिरीजवाफ प्रतियोगितामाको फाईनल राउण्ड राष्ट्रिय स्तरको टीमबाट सञ्चालन हुनेछ । प्रतियोगितामा सोधिने प्रश्नहरु सबै विषय र क्षेत्रका हुनेछन् ।

प्रतियोगिता सञ्चालन गर्नुको खास उद्देश्य के हो ?

विद्यार्थीलाई अध्ययनशील बनाउन तथा उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले यो वृहद् प्रतियोगिता आयोजना गरिएको हो । भदौं २ गतेबाट सञ्चालन हुने यो प्रतियोगिता फागुनसम्म चल्नेछ । प्रतियोगिता उद्घाटनका दिन अष्ट्रेलियाका विभिन्न पाँच विश्वविद्यालयका प्रतिनिधिहरु, एक्सपर्टका सिईओ सञ्जिवकुमार शर्मा, जिल्ला शिक्षा कार्यालय, अभिभावक संघलगायत शिक्षासम्बद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
अहिलेसम्म हाजिरजवाफमैं केन्द्रीत भयौं । अब छोटकरीमा एक्सपर्ट एजुकेशनका बारेमा जानकारी दिनुहोस् न ।
हाम्रो संस्था अस्ट्रेलियालाई आधारभूमि बनाएर खोलिएको कम्पनी हो । नेपालस्थित हाम्रो कम्पनी त्यहीँ अस्टे«लियाली कम्पनीको शाखा हो । हामीले अस्ट्रेलिया बाहेक अन्य मुलुकका लागि काम नगर्ने भएर पनि यस्तो विश्वास जागेको हुनुपर्दछ । नेपालमा पनि यस कम्पनीका काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, बिर्तामोड, ईटहरी, धनगढी, नेपालगञ्ज, कावासोती, चितवनको टाडी, भैरहवमा शाखा कार्यालयहरु छन् ।

तपाईंहरुको कन्सल्ट्यान्सी किन अस्ट्रेलियाका लागि मात्रै केन्द्रित छ?

हाम्रो संस्था अस्ट्रेलियालाई आधारभूमि बनाएर खोलिएको कम्पनी हो । नेपालस्थित हाम्रो कम्पनी त्यहीँ अस्टे«लियाली कम्पनीको शाखा हो । हाल यस कम्पनीका प्रबन्ध निर्देशक संजीवकुमार शर्मा एवं निर्देशक बद्री अर्याल दुबै जना नेपाली मूलका अस्ट्रेलियन नागरिक हुनुहुन्छ । उहा“हरु विगत २० वर्षदेखि अस्ट्रेलियामा हुनुहुन्छ । अस्ट्रेलियाका हरेक सन्दर्भहरुका ज्ञाता उहा“हरु नेपालका लागि ब्गकतचबष्बिल ःष्नचबतष्यल ब्नभलत पनि हुनुहुन्छ । सबैलाई विदितै भएको कुरा हो कि अस्ट्रेलियाको शिक्षा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त छ । त्यहा“ रहेका सीमित विश्वविद्यालयहरुलाई त्यहा“को सरकारले आफैले प्रत्यक्ष निगरानीमा चलाइरहेको छ । यसकारणले गर्दा अन्य मुलुकमा जस्तो शैक्षिक व्यवस्थापनमा उतारचढावको स्थिति त्यहा“ छैन । त्यहा“को सबैभन्दा राम्रो पक्ष भनेको ब्गकतचबष्ष्बि ष्क लयत यलथि ायच ब्गकतचबष्बिल, ब्गकतचबष्बि ष्क ायच बिि। त्यहा“को इतिहास हेर्ने हो भने त्यहा“का खास पुराना स्थानीय बासीहरु एकदम कम छन् । विश्वको छैठौं विशाल मुलुक तर जनसंख्याका दृष्टिले नेपालभन्दा पनि कम रहेकाले त्यहा“को सरकारी नीति नै दक्ष तथा प्रतिभाशाली विदेशीहरुलाई आप्रवासन दिने भएकाले अहिले त्यहा“ विश्वभरका मान्छेहरुको ओइरो लागेको देखिन्छ । त्यहा“को सरकारले नै विश्वभरकै मेधावी विद्यार्थीहरुलाई भित्र्याउने नीति लिएको छ । त्यहा“ गएका विद्यार्थीहरु पूर्ण रुपमा सन्तुष्ट भएको पाइन्छ । हाल आएर नेपाल अनि अष्ट्रेलिया, बंगलादेश एवं विश्वका विभिन्न ठाउँमा करिव सात सय व्यक्तिले अष्ट्रेलियाका लागि काम गर्छन् । नेपालका प्रायः ठाउँमा हाम्रो कार्यालय छ । हामीले नेपालबाट ठूलो संख्यामा नेपाली विद्यार्थी भिÊयाइसकेको अनुभवका कारण पनि हामी अस्ट्रेलियामा नै केन्द्रित छौं ।
रुपन्देहीमा रहेका अन्य ऋयलकगतिबलअथ भन्दा भ्हउभचत लाई कसरी फरक देखाउनु हुन्छ ?
अस्ट्रेलियाका सबै राज्यमा हाम्रा कार्यालयहरु रहेका छन् जहा“ अन्य देश सहित नेपाली करिब दुई सय जना नेपाली कर्मचारी हुनुहुन्छ । सन् २०१३, १४, १५, १६ मा अष्ट्रेलियाका कतिपय विश्वविद्यालयमा सबैभन्दा बढी विद्यार्थी भिÊयाएकाले त्यहा“का विश्वविद्यालयले हामीलाई सबैभन्दा उत्कृष्ट र बृहत् कन्सल्ट्यान्सीका रुपमा विश्वास र सम्मान पनि गरेका छन् । हामीले अस्ट्रेलिया बाहेक अन्य मुलुकका लागि काम नगर्ने भएर पनि यस्तो विश्वास जागेको हुनुपर्दछ । नेपालमा पनि यस कम्पनीका काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, बिर्तामोड, ईटहरी, धनगढी, नेपालगञ्ज, कावासोती, टाँडी, भैरहवमा शाखा कार्यालयहरु छन् । यी कार्यालयहरुमा करिब तीन सय जना नेपाली कर्मचारीहरु कार्यरत छन् । प्रायः यी सबै कर्मचारी विदेशबाट उच्च शिक्षा हासिल गरेर आएका छन् । हामी अस्ट्रेलिया जाने विद्यार्थीका हकमा क्तगमभलत ख्ष्कब का निम्ति म्यअगmभलत बनाउने, ज्ष्नज एचयाष्भि भएका महानुभावहरुका हकमा द्यगकष्लभकक तथा खष्कष्त खष्कब मा जान चाहनेलाई म्यअगmभलत बनाउनुका साथै नेपालबाट अष्ट्रेलियाका लागि अन्य प्रकारका धेरै कामहरु गर्दछौं । त्यहा“ जानका लागि अति आवश्यक ज्भबतिज क्ष्लकगचबलअभ, द्यबलप ब्अअयगलत अचभबतष्यल, त्बह ँष्ष्लिन लगायतका सम्पूर्ण काम गर्दछौं । विद्यार्थीले सम्बन्धित विश्वविद्यालयबाट राम्रो शिक्षा हासिल गरे भने भोलिका दिनमा उनका बुवाआमादेखि अन्यलाई लैजानुपर्दा गर्नुपर्ने डकुमेन्टहरु पनि तयार गरिदिन्छौं । हामीले प्रत्येक ३ महिनामा अस्ट्रेलियाका विश्वविद्यालयका प्रतिनिधि ल्याएर विद्यार्थीलाई प्रत्यक्ष अयगलकभििष्लन गराउने गरेका छौं । अस्ट्रेलियाका प्रायः सबै विश्वविद्यालयमा बुटवलबाट सिधै कागजात पठाएर भर्ना गर्ने हुंदा हामी अन्यभन्दा फरक छौं ।
एक्सपर्टले समय–समयमा सेमिनार गर्दैआएको छ । अबको अर्को सेमिनार कहिले गर्दै हुनुहुन्छ रु
हाम्रो संस्थाको नियमानुसार प्रत्येक ३ महिनामा नेपालका सबै ठाउमा सेमिनार गर्ने गरेका छौं । अब फेरि अगष्ट १८ तारिखमा बुटवलको अम्रपाली कटेज राजमार्ग चौराहामा अष्ट्रेलियाका ५ विश्वविद्यालय, माईग्रेसन एजेन्ट, रजिष्ट्रेर, काउन्सोलरसहितको सेमिनार हुंदैछ ।
एक्सपर्टले भैरहवा र कावासोतीमा हालै मात्र शाखा सञ्चालनमा ल्याएको छ । त्यसका बारेमा पनि जानकारी दिनुहोस् न ।
हो हामीले यो महिना भैरहवा अनि कावासोतीमा शाखा कार्यालय खोलेका छौं । हामीले शाखा कार्यालय खोल्नुको मुख्य उद्देश्य यस क्षेत्रका विद्यार्थी एबम अभिभावक लाइ सेवा दिनु नै हो । भैरहवामा विगत १४ वर्षदेखि हामीले काम गर्ने क्रममा हामीबाट विभिन्न समयमा सेवा लिनु भएका हाम्रा ग्राहक अनि यस क्षेत्रका साथीहरुको सल्लाहमा खोलिएको हो ।
आमविद्यार्थीहरु अस्ट्रेलिया जान गाह्रो छ भन्छन्, वास्तविकता के हो ?
यो बिल्कुल गलत कुरा हो । औपचारिक रुपमा अस्ट्रेलियाले क्तगमभलत खष्कब खोल्ने या बन्द गर्ने काम कहिल्यै पनि गरेको छैन यो त अस्ट्रेलियामा पहु“च नभएका स्थानीय ऋयगलकभििभच हरुले मच्चाएको हल्लामात्र हो । हो, अस्ट्रेलिया जाने विद्यार्थीका लागि त्यहा“को सरकारले भिसामा केही परिवर्तन गरेको छ । २०१२ बाट त्यहा“को सरकारले विद्यार्थी भिसाका लागि क्क्ख्ँ भन्ने प्रणाली ल्याएको छ । त्यसको एउटा राम्रो पक्ष के छ भने जो सा“च्चै पढ्न जाने हो उनीहरुका लागि अस्टे«लिया सरकारले ज्भबचतथि धभअियmभ गरेको छ । बरु अब त्यहा विद्यार्थी भिसामा जाने विद्यार्थी दक्ष एवं ँष्लबलअष्ब िर ब्अबमझष्अबििथ क्तचयलन हुनुपर्छ । ‘पढ अनि आफ्नो देशमा फर्केर जाऊ र त्यस बिचमा विद्यार्थीले पढ्नका लागि लगानी गरेको रकम केही उठाऊ साथै यहा“को अनुभवलाई आफ्नो देशमा क्जबचभ गर’ भन्ने उद्देश्यले ए।क्।ध्९पढाइ सकेपछि अनुभवका लागि काम० का लागि २ वर्ष बस्ने छुट दिएको छ । यसैबीचमा त्यहाको ए।च्। प्रक्रियामा गएर त्यही बसोवास गर्न लागेका छन् भने कतिपय नेपालमै फर्केर राम्रा कम्पनीमा तथा कतिपय अन्य देशमा गएर राम्रो रोजगारीका साथ बसेका छन् । मेरो अनुभवमा अस्ट्रेलिया बन्द भएको होइन । बरु त्यस देशले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अझै राम्रो वातावरण बनाइ दिएको छ ।
तपाईंहरुले विश्वविद्यालयको प्रतिनिधिसगको सेमिनार गर्नुहुन्छ । त्यसले के मान्यता राख्छ रु
अति राम्रो प्रश्न सोध्नु भयो । वास्तवमा नेपालबाट क्तगमभलत खष्कब मा जाने विद्यार्थीहरुले त्यहाका बारेमा विना अध्ययन बगकतचष्ष्बि जादा धेरैले दुख पाएको देखिन्छ । अनि अभिभावक पनि बच्चा अस्टे«लिया गयो अब पैसा कमाउ“छ भन्ने सोचमा बसेको देखिन्छ । तर त्यहा गएर के गर्नु पर्छ, कस्तो शिक्षा लिनु पर्छ, कुन विश्वविद्यालयमा जादा राम्रो हुन्छ, कुन विश्वविद्यालयमा पढन कति लाग्छ, जान गर्नु पर्ने प्रक्रिया के हो आदि कुराहरु सेमिनारमा बुझ्न पाइने हुंदा विद्यार्थीले सेमिनारमा भाग लिन जरुरी हुन्छ र त्यसले अस्टे«लिया मात्र हैन अन्य देशमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीलाई पनि ठुलो मदत पु¥याउ“छ ।
अष्ट्रेलिया जानुभन्दा अगाडि विद्यार्थीले ख्याल गर्नु पर्ने कुरा के के देख्नुहुन्छ रु
काउन्सिलरले जे भनोस् तर मेरा कागजात बनाउन लागेको संस्था र मलाई लैजान खोजेको संस्था विश्वविद्यालयको अन्तर्राष्ट्रिय एजेन्ट हो वा होइन रु मलाई मिल्ने खालको अयगचकभ, यिअबतष्यल मभकष्नलष्लन गरिएको छ या छैन रु मलाई जान लाग्ने खर्च कति हो रु यो मेरो परिवारले बेहोर्न सक्छ या सक्दैन रु भोलि अध्ययन पश्चात त्यही बस्ने व्यवस्था मिलाउनु पर्दा त्यस देशको भविष्य के हो अनि नेपाल फर्किंदा त्यसको भविष्य के हो रु यी सबै कुरा विद्यार्थीले ध्यान दिनुपर्दछ ।
कलेजले कुनै विद्यार्थीलाई छिटो अफर लेटर दिने र कसैलाई ढिलो दिने गर्छ भन्ने सुनिन्छ, त्यसको कारण के हो रु
अफर लेटर कसैको हातमा छैन । यसमा विश्वविद्यालयको आफ्नै नियम हुन्छ । हरेक कलेजले आफ्नो कलेजमा शैक्षिक योग्यता राम्रो भएको आर्थिक अवस्था राम्रो भएको एवं त्यस कलेजमा आई पढन सक्छ या सक्दैन भन्ने कुरामा विशेष ध्यान दिएको पाइन्छ । यसरी कुनै विद्यार्थी माथि उल्लिखित विषयमा सबै किसिमबाट राम्रो देखिन्छ भने त्यस्तो विद्यार्थीलाई विश्वविद्यालयले तुरुन्तै भर्ना दिने र कमजोर खालका विद्यार्थीहरुलाई केही बढी समय लगाउने देखिन्छ । विशेष गरी डिपेन्डेन्ट भिसालाई अलि ध्यान दिएको पाइन्छ ।
अन्तमा, अभिभावक एवं विद्यार्थीलाई के भन्न चाहनुहुन्छ रु
मानिसले उच्चता प्राप्त गर्न उच्च शिक्षा हासिल गर्न चाहन्छ । यसरी उच्च शिक्षा हासिल गर्ने उद्देश्यले विद्यार्थीहरु विश्वका विभिन्न देशमा जान खोजेका हुन्छन् । विद्यार्थीले विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने सोच त बनाउछ तर त्यहा जादा लाग्ने खर्च, पढाइको अवस्था, भोलिको भविष्यको बारेमा बुटवलका विद्यार्थीको हकमा कम अध्ययन गरेको म पाउछु ।
मेरो १४ वर्षको अनुभवमा विद्यार्थीले ‘सर मलाई सके अस्ट्रेलिया नभए अर्को कुनै देश पठाइदिनुहोस् न’ भनेको पाउछु जो बिल्कुल गलत हो । विद्यार्थी एवम् अभिभावकले यसमा एकदमै गम्भीर भएर सोच्नु जरुरी छ । म जान खोजेको देशको अवस्था के हो, म त्यहा गएर मैले सोचेको कुरा पाउन सक्छु वा सक्दिन अनि सबै भन्दा मुख्य कुरा म जुन पुल ९अयलकगतिबलअथ० प्रयोग गरेर जान खोजेको छु त्यो भरपर्दो छ या छैन, त्यस पुलले मलाइ आफ्नो गन्तव्यमा पु¥याउन सक्छ वा सक्दैन भन्ने कुरा राम्ररी बुझ्नुपर्दछ । हामी सा“झ खाने तरकारी किन्न १० ओटा पसल चाहर्छौं तर सात समुद्रपारि पुग्ने एउटा व्यक्तिको भविष्यसग जोडिएको विषयमा निर्णय गर्दा कसैले भनेको या मिठो बोलेको भरमा निर्णय गर्छौं । त्यसकारण विद्यार्थी एवं अभिभावकलाई म के भन्न चाहन्छु भने पहिले त्यसका बारेमा अध्ययन गर्नुहोस्, कुन विश्वविद्यालयमा जादा कति शुल्क लाग्छ, कुन कोर्स गर्दा त्यस देशमा स्थायित्व हुन्छ, अनि हामीलाई काउन्सेलिङ गर्न संस्थाको अवस्था, उसले दिने सुविधा अनि उसले त्यस युनिभर्सिटीमा आफै काम गर्छ या अरुलाई गराउछ राम्ररी बुझ्नुहोस् ।यदि आफै काम गरिदिन्छ भने ठिक छ तर होइन उसले अरुलाई गराउ“छ भने त्यो अरुलाई तपाईं आफै खोज्नुहोस् । ९अयलकगतिबलअथ० मा म कुन देशमा जाऊ रु के कोर्स गरु रु कति शुल्क लाग्छ रु यो अयििभनभ या विश्वविद्यालय कहा पर्दछ रु शुल्क कति लाग्दो रहेछ रु ऊ त्यस कम्पनीको नेपाल प्रतिनिधि हो वा होइन रु हो भने मेरो काम गर्नुहोस् भन्न सक्ने हुनुहोस् । बल्ल भविष्यको सपना पुरा हुन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.