भारी वर्षा, बाढी, पहिरो, डुबानकारण देशभरमा मृत्यु हुनेकोसंख्या ६६ पुग्यो

भारी वर्षा, बाढी, पहिरो, डुबानकारण देशभरमाा मृत्यु हुनेकोसंख्या ६६ पुगेको छ । देशका विभिन्न भागमा केही दिनयता भएको भारी वर्षा, बाढी, पहिरो, डुबान, कटानले ठूलो मात्रामा धनजनको क्षतिले पुर्याएको छ । भारी वर्षा, बाढी, पहिरो, डुबान, कटानले देशभर विपत्ती फैलीए पनि सरकारले प्रभावकारी ढंगले उद्दार,राहात बितरण गर्न नसक्दा वाढी प्रभावीत क्षेत्रका जनता मर्कामापरेका छन् । सरकार र सरोकारवाला निकायले ढीलासुस्ती गरेका कारण विना योजना काम गरेर जनाता माथी खेलवाड गरेको पीडीत हरुले आरोप लगाएका छन् ।
तराईमा झापा, मोरङ, सुनसरी, बर्दिया र प्रदेश नं। २ का आठ वटै जिल्ला र केही पहाडी जिल्लाको बाढी, पहिरो र डुबानले जनजीवनलाई असामान्य रुपमा कष्टकर बनाएको खबर प्राप्त भएको छ । सप्तकोशी, कमला, वलान, खाँडो, बागमती, लालबकैयालगायत विभिन्न नदीमा आएको बाढीले उच्च जोखिमको स्थिति सिर्जना गरेका छन् । विर्तामोड, दमक, इटहरी, विराटनगर,रौटहट राजविराज, जनकपुर, बीरगञ्ज लगायतका ठूला शहरी क्षेत्रहरु नै जलमग्न भएको छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.