बुटवल । साउन ३१ । नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहायता, ग्यास तथा पेट्रोलियम पदार्थ उत्खनन तथा अनुसन्धान र लगानी वृद्धिको वातावरण बनाउन ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सहमति अनुसार अव चिनले १७ अर्वजति सहयाेग गर्नेछ।
सम्झौतामा नेपालका तर्फबाट उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार चीनका तर्फबाट वाङ याङले हस्ताक्षर गर्नुभएको थियो । त्यसअघि उप प्रधानमन्त्री वाङ याङ र नेपाली समकक्षी गच्छदारबीच दुइ पक्षीय भेटवार्ता भएको थियो ।
यसैबिच चीन सरकारले बाढी पहिरो र डुवान लगायत विपत्तिमा परेकाको राहत तथा उद्धारका लागि १० करोड २२ लाख रुपैँया नगद सहायता उपलब्ध गराउने भएको छ ।
नेपाल भ्रमणमा रहनुभएका चिनिँया उपप्रधानमन्त्री वाङ याङले नेपाललाई १० कराड आपतकालिन सहायताको घोषणा गर्नुभएको हो । उपप्रधानमन्त्री वाङले वाढी पहिरो पिडितको पुर्नस्थापनाका लागि चीनले थप सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ ।