फिरौती रकम संकलन गरी मनोज पुनलाइ पठाइदिने सहयोगी पक्राउ

सवैको सहयोग र सहकार्य बिना प्रहरीले मात्रै केहि गर्न सक्दैन प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवाली

 

बुटवल । साउन ३१ ।युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा प्रसाद तिवारीको हत्या तथा अन्य अपहरण लगायतका संगठित अपराधमा संलग्न भएको आरोपमा रुपन्देही प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा तानसेनका स्थायी बासिन्दा २२ बर्षका शुसान्त लाकौल रहेको प्रहरीले जनाएको छ ।
तिवारी हत्याका मुख्य अभियुक्त मनोज पुनले रुपन्देहीमा कर्तव्य ज्यान,अपहरण र फिरौती लगायका अपराध गर्दै आएको लाकौले ब्यापारीलाई ज्यान मार्ने धम्की दिएर पाँच लाख फिरौती लिइ उनै मनोज पुनलाइ पठाइदिएको पाइएको प्रहरीले जनाएको छ । आज पत्रकार गरेर प्रहरीले थप अनुसन्धान भैरहेको पनि जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले मनोज पुनसँग जोडिएको जालो केहि समयमै तोडिने बताए । उनले सबै सक्रियतामा मात्र अपराध अन्त्य गर्न सफल हुने बतउदै सवैको सहयोग र सहकार्य बिना प्रहरीले केहि गर्न नसक्ने बताए

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.