बुटवल उपमहानगरको प्रथम नगरसभा सुरु

बुटवल, साउन ३२ । बुटवल उपमहानगरपालिकाको पहिलो नगरसभा बुधबार सुरु भएको छ । गत असार १४ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमार्फत चुनिएका जनप्रतिनिधिहरुको नगरसभामा बसेको हो ।
नगरकार्यपालिका मार्फत नगरसभा सञ्चालन कार्यविधि पारित गर्दै बुधबार बिहानदेखि बुटवल उपमहानगरपालिकाको पहिलो नगरसभा सुरु भएको थियो ।
नगर प्रमुख शिवराज सुवेदीले संसदको बैठक सरह नगरसभा सञ्चालन गरेका थिए । त्यसक्रममा नगरसभाका सदस्यहरु उत्सुक र सालिन बनेका थिए । नगरको अचाव २०७४÷०७५ को नीति तथा कार्यक्रम उपप्रमुख गोमादेवी आचार्यद्वारा प्रस्तुत भएको थियो ।
कृषि, पर्यटन, उद्योग व्यापार तथा व्यवसाय, सहकारी, वित्तीय क्षेत्र, सीप विकास तथा रोजगार प्रवद्र्धन, आयआर्जन, युवा तथा खेलकुद, शिक्षा सम्बन्धी नीति संघ संस्था समन्वय तथा परिचालन, साहित्य कला संस्कृति प्रवद्र्धन, सामाजिक परिचालन र जनस्वास्थ्य प्रवद्र्धनलगायतका विभिन्न विषयहरु नीति तथा कार्यक्रममा समेटिएको उपमहानगरपालिकाको कार्यपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
यसैगरी पूर्वाधार तथा भौतिक विकास, वातावरण तथा विपत व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा सुशासन, सार्वजनिक सेवा, सुशासन प्रवद्र्धन तथा क्षमता विकास, सामाजिक विकास सम्बन्धी नीति, लक्षित समूह विशेष नीतिलाई नगरको आव ०७४÷०७५ को नीति तथा कार्यक्रममा समेटिएको प्रवक्ता शर्माले बताए ।
बुधबारको नगरसभामा कार्यविधि पारित गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको र संशोधनका लागि समय छुट्टाइएको थियो । बेलुका तोकेको समयसम्म १० वटा संशोधन परेको बताइएको छ ।
प्रवक्ता रेग्मीका अनुसार नीति तथा कार्यक्रमको भाषागत शुद्धाशुद्धी बनाउनुपर्ने, जनसहभागिताका कार्यक्रमहरु प्राथमिकतामा राख्नुपर्ने, आमसंचार नीति समेट्नुपर्नेलगायतका विषयको संशोधन परेको प्रवक्ता रेग्मीले जानकारी दिए । नगरसभाको बैठक आज बिहीबार दिउसो २ बजेदेखि फेरि बस्ने कार्यक्रम छ । आर्थिक विद्येयक, विनियोजन विद्येयकसमेत नगरसभामा टेबूल भएको छ । यी पारित भएसंगै उपमहानगरको बजेटको खाका प्रस्तुत हुनेछ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.