पत्रकार महासंघमा युनियन र सेन्टर गठबन्धन विजयी

बुटवल । भदौ ६ । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन्। कांग्रेस, माओवादी र जनमोर्चा लगायतका पार्टी निकट पत्रकारहरुको गठबन्धनका उम्मेदवार आचार्यले ७३२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी एमाले र केही साना दल निकट पत्रकारका उम्मेदवार तीर्थ कोइरालाले ६२७ मत ल्याए। राजनीतिक गठबन्धनको चर्को कित्ताकाटका बीच सम्पन्न निर्वाचनमा आचार्यले १०५ मत अन्तरले विजय प्राप्त गरे ।
पदाधिकारीहरुमा पनि आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन्।
पदाधिकारीमा खुल्ला उपाध्यक्ष तर्फ विपुल पोखरेल– ७९६ (विजयी) भए भने मात्रिका पौडेलले ६४१ मत पाए । समावेशी उपाध्यक्षमा दिलिप थापा–८५९ (बिजयी) महेश दास–५६४, महासचिवमा रमेश बिष्ट –७५१ (विजयी) बालकृष्ण बस्नेत –६७१ र खुल्ला सचिवमा राम प्रसाद दाहाल–७४६ (विजयी) रुद्र भट्टले ४३६ मत ल्याए ।
यसैगरी महिला सचिव
लक्ष्मी पुन –७७७ (विजयी)
शुष्मा पौडेल –७६९
आदिवासी सचिव
उदय जीएम–७५७ (विजयी)
सिद्धराज राई –६३६
मधेशी सचिव
शितल प्रसाद महतो – ७४४ (विजयी)
सतिष कुमार मिश्र–५८६
दलित सचिव
रमेश कुमार वि.क–७६७ (विजयी)
हेम कर्ण विक–५६२
एसोसियट सचिव
प्रकाश थापा–७६० (विजयी)
महेन्द्र प्रसाद भट्टराई–५६७
कोषाध्यक्ष
राजेश मिश्र –७७१ (विजयी)
खगेन्द्र पन्त–६२०
प्रदेशबाट बिजयी हुनेहरु भने दुवै गठबन्धनका छन । जसअनुसार
प्रदेश नम्बर १
सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)
प्रदेश नम्बर २
देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)
प्रदेश नम्बर ३
द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)
प्रदेश नम्बर ४
रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)
प्रदेश नम्बर ५
बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)
प्रदेश नम्बर ६
कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)
प्रदेश नम्बर ७
मीन बम (प्रेस युनियन)
श्याम भट्ट (प्रेस सेन्टर) र उत्तर विष्ट (प्रेस चौतारी) को ४५–४५ बराबर मत । मत वरावर भएपछि कार्यकाल बाढ्ने चलन छ ।
काठमाडौं उपत्यका
लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)
प्रतिष्ठान तर्फ
टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)
यसैगरी लेखा समिति संयोजकमा रोशन पुरीले ७९४ ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी रामहरि शिलवालले ५८१ मत मात्र ल्याए। लेखा सदस्यहरुमा भुपेन्द्र आचार्य ८०४ र मिराराज भण्डारी ७२८ ल्याएर विजयी भए।
खुल्ला सदस्यहरुमा पनि प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनका लक्ष्मण कार्की, जन्मदेव जैसी, हरिहरसिंह राठौर, नकुल अर्याल र टेकराज शाही विजयी भएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.