दिल्ली पुगरे प्रधानमन्त्री देउवाले भने– छिट्टै दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्छु

बुटवल । भदौ ८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसपाली संसदमा दुइ तिहाइ नपुगेर संविधान संशोधन नभएको भन्दै छिट्टै दुइतिहाइ पुराएर संविधान संशोधन गर्ने बचन भारतीय प्रधानमन्त्रीलाई दिनुभएको छ । भ्रमणका क्रममा नयाँदिल्ली स्थित हैदरावाद हाउसमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले नेपालको संसदमा दुई तिहाइ नपुग्दा संविधान संसोधन हुन नसकेपनि सवै नेपालीको भावनाको संसोधन गर्न आफु संविधान संसोधनमा प्रतिवद्द रहेको बताउनुभयो । उहाँले निर्वाचन मार्फत दुई तिहाइ ल्याएर संशोधन गर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालको भुमी भारत विरोधी गतिविधिमा प्रयोग हुन नदिने प्रतिवद्दता जनाउदै प्रधानमन्त्री देउवाले नेपालको विकासमा भारतले गरेको सहयोगको प्रशंसा समेत गर्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सवैलाइ समेटेर अघि बढ्न भन्दै घुमाउरो पाराले संविधान संशोधन गर्न सुझाव दिनुभएको थियो । मोदीले नेपालको विकासमा भारतले थप साझेदारी बढाउने प्रतिवद्दता व्यक्त गर्दै नेपालमा स्थानीय निकायको निर्वाचन सम्पन्न भएको र लोकतन्त्र संस्थागत हुन लागेकोमा प्रशंसा गर्नुभयो । त्यसअघि दुवै प्रधानमन्त्रीको उपस्थितमा दुइ देशका अधिकारी विच ८ वुँदे समझरी पत्रमा हस्ताक्षर भएको थियो ।
विहिवार नै हैदरावाद हाउसमा भएको दुई प्रधानमन्त्री विचको भेटवार्तामा दुई पक्षीय हित र आपसी सम्वन्ध लगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यसअघि पाँच दिने भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री देउवाको सम्मानमा विहिवार बिहान राष्ट्रपति भवनामा गार्ड अफ अनर दिइएको थियो । प्रधानमन्त्री देउवाले आजै महात्मा गान्धीको समाधिस्थल पुगेर श्रदाञ्जाली अर्पण गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमणका लागि हिजो नयाँ दिल्ली पुग्नु भएको हो ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा दुई देश विच ८ वुदे सहमती पत्रमा हस्तातक्षर समेत भएको हो । हस्ताक्षर भएका ८ मध्ये ४ वटा भूकम्पपछि भारतले नेपाललाई दिने भनिएको सहयोगको विषयमा रहेका छन् । यस्तै दुई देश विच मेची नदीमाथि नयाँ पुल निर्माणका बिषय,लागू औषधको व्यापार नियन्त्रणका बिषय, खाद्य गुणस्तरियतामा एक रुपताका साथै दुई देशका चार्ट एकाउन्टेन्ट इन्स्टिच्युटहरुबीचको सम्झौतालाई संयुक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले रिमोट थिचेर कटैया-कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको उद्घाटन गर्नुभएको थियो । सो लाइनबाट भारतले नेपाललाई थप १०० मेगावाट विजुली दिने भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.