अव नेपालमा ७७ जिल्ला

बुटवल । भदौ ८ । नेपालमा कति जिल्ला छन ? भनेर कसैले सोध्यो भने अव ७५ हैन ७७ जिल्ला भन्नुपर्ने भएको छ ।

मन्त्रीपरिषदले नवलपरासी र रुकुमलाई दुइ दुइ जिल्ला बनाउने निर्णय गरे बमोजिम निर्वाचन आयोगले पनि ४ जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेपछि जिल्ला संख्या ७७ भएको छ ।
प्रदेश नम्वर ४ र ५ मा छुट्टाइएको सिमा अनुसार नवलपरासीमा अव दुइवटा जिल्ला समन्वय समिति र प्रदेश नम्वर ५ र ६ मा पर्ने गरि छुट्टाइएको रुकमलाई पनि दुइ जिल्ला मानेर जिल्ला समन्वय समितिको चुनाव गर्न आयोगले विहिवार चार जना जिल्ला न्यायाधिशको नाम दिन सरकारसँग गरेको छ । यस अनुसार अव मुलुकभर ७७ जिल्ला समन्वय समिति कायम हुनेछन ।

यसैगरी निर्वाचन आयोगले भदौ ५ गतेसम्म १८ बर्ष पुगेर मतदाता नामावलीमा नाम लेखाएका नेपाली नागरिकहरुलाई मात्र आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न दिने निर्णय गरेको छ ।
२०७४ भदौ ३ गतेभित्र फोटोसहितको नामावली दर्ता गराइसकेका र भदौ ५ गतेसम्म १८ बर्ष उमेर पुगेर मतदाता नामावलीमा नाम लेखाएकाहरुले मतदान गर्न पाउने ब्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.