बुटवल । भदौ ८ । राजपा नेपालले असोज २ गते हुने स्थानीय तह निर्वाचन र मंसीर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय बबरमहलमा आज पत्रकार सम्मेलन गरी राजपा नेपालले साइकल चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।
असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा २ नम्वर प्रदेका ८ वटै जिल्लामा एक्लै चुनाव लड्ने भन्दै निर्वाचनमा उम्मेदवार चयनका लागि ८ जना नेताहरुलाई केन्द्रीय प्रर्यवेक्षका रुपमा खटाएको छ