प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर १० र २१ गते हुने, विपक्षीसँग परामर्श नगरेको भन्दै एमालेको आपत्ति

काठमाडौ । भदौ १४ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै मितिमा गर्ने पुर्ण निर्णय परिवर्तन गर्दै सरकारले दुइ चरणमा चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बुधवार बसेको बैठकले आगामी मंसिर १० र २१ गते दुई चरणमा चुनाव गराउने निर्णय गरेको हो ।

यस अघि म‌सिर १० गते एउटै मितिमा दुवै निर्वाचन गराउने घोषणा गरेको सरकारले निर्वाचन आयोगको सुझाव वमोजिम दोस्रो चरणको चुनाव म‌०सिर २१ गते गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयमा कहाँ कहिले निर्वाचन गर्ने भन्ने खुलाइएको छैन । तर अव पहिलो चरणमा हिमाली र उच्च पहाडी क्षेत्रमा र सुगम क्षेत्रमा दोस्रो चरणमा चुनाव गर्न आयोगलाई बाटो खुलेको छ ।

निर्वाचन आयोगले ३१ हिमाली र उच्चपहाडी जिल्लामा पहिलो चरणमा र बाँकीमा दोस्रो चरणमा निर्वाचन गर्न उचित हुने सुझाव दिएको थियो । निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनलाई हेरेर क्षेत्र तय हुने सरकारको भनाइ छ ।

तर सरकारको निर्णयको विपक्षी एमालेले विरोध गरेको छ । थाइल्याण्डमा एक साता लामो उपचारपछि बुधवार स्वदेश फर्कनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षीलाई वेवास्ता गरि एकपक्षिय ढंगले निर्वाचनको मिति तोक्ने काम गरेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले एकै पटक हुने निर्वाचनलाई दुई चरणमा गर्नु उपयुक्त नहुने टिप्पणी समेत गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.