काठमाडौँ, भदौ१६ । नजिकिदै गरेको दशैं लगायतका चाडवाडमा उपभोक्तालाई सहज र सस्तो दरमा उपभोग्य सामाग्री उपलब्ध गराउन भन्दै सरकारले सस्तो बजार शुरु गरेको छ ।
राजधानी उपत्यकामा ९ स्थान र उपत्यकाबाहिर २२ स्थानमा यस्ता बजार संचालनमा ल्याईएको छ । शुक्रवारबाट शुरु भएको सुलभ बजारमा दैनिक उपभोगका सामानहरु अन्य बजारमा भन्दा केही सस्तो उपलब्ध गराईएको छ ।
बजारमा नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले आ-आफनो स्टल राखेका छन् । चाडवाड लक्ष्यित बजारमा खाद्य सामाग्रीहरुमा दाल, चामल, चिनी, नुन, खाने तेल, चना, सिमी, दुध, घिउ लगायतका सामानहरु उपलब्ध छन् ।
शनिवार पनि संचालन रहने बजार विहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला रहनेछ ।सहुलियत बजार छठको भोलीपल्ट कात्तिक १० गतेसम्म चल्ने छ ।
बजारमा अन्यबेला भन्दा आफना सामानमा छुट दिइएको साल्ट ट्रेडिङ कर्पोरेशनकी महाप्रवन्धक उर्मिला श्रेष्ठले बताउनुभयो ।