जनप्रतिनिधि नै विष्फोटक पदार्थ सहित प्रकाउ

बुटवल । भदौ २५ । जनताका दैनन्दिन समस्या समाधानमा काम गर्ने बाचा सहित निर्वाचन जितेका जनप्रतिनिधि नै बिष्फोटक पदार्थ सहित प्रकाउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य तारा श्रीसको साथवाट ठुलो परिणाममा बिस्फोटक पर्दाथ बरामद गरेको हो ।

प्रहरीले श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरेको छ ।

रेसुंगा नगरपालिका २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गर्दा बिष्फोटक पदार्थ फेला परेको र श्रीसलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिनुभयो ।

श्रीससँगै लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा समेत नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.