भदौं २७ गते मंगलवारबाट अग्रिम टिकट बुकिङ खुला गरिने

बुटवल । भदौ २५ । दशैंका लागि गाउँ फर्किने यात्रुहरुको सुविधालाई ध्यानमा राखि भदौं २७ गते मंगलवारबाट बसको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।
बसको छतमा हुट राख्न पाउनुपर्ने माग राखेर सरकारलाई घुर्क्याउँदै आएका बस ब्यवसायीले भने बमोजिम हुने भएपछि अग्रिम टिकट खुल्ने भएको हो ।
सरकारी प्रतिनिधि र यातायात व्यवसायीबीच भएको वार्तामा सरकारले यात्रुका सामान छतमा राख्न अनुमती दिएपछि व्यवसायीहरु टिकट बुकिङ खोल्न सहमत भएका हुन् । तर छतमा यात्रु राख्न भने ब्यवसायीले पाउने छैनन । छतमा यात्रु राखेमा सरकारले त्यस्ता सवारीको रुट इजाजत रद्ध सम्मको कारवाही गर्ने पनि सहमति भएको छ ।
विगतका वर्षमा दशैं आउन भन्दा एक महिना अघि नै बुकिङ खुल्ने गरेको भएपनि यस पटक व्यवसायीले नमानेपछि दुइ साताअघि मात्रै टिकट बुकिङ हुन थालेको हो । अनुगमनका लागि सरकारले काठमाडौको नयाँ बसपार्क, सुन्धारा, कंलकी, कोटेश्वर, बल्खु, चावहिल लगायत उपत्यकाका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ ।
सरकारले मुग्लिङ्ग नारायणघाट सडक खण्डमा आवश्यक मर्मत गर्ने र ती ठाउँमा हुन सक्ने सडक अवरोधलाई मध्यनजर गरि ठूला डोजर तयारी अवस्थामा राख्ने बताएको छ ।
दशैलाई लक्षित गरेर नारायणगढ मुग्लिन सडक चौविसै घण्टा खुल्नेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.