जिल्ला युवा समिति रुपन्देहीले युवालाई दियो र्निब्याज ऋण

 

भैरहवा, भदौ २५ । जिल्ला युवा समिति रुपन्देहीले ग्रामीण युवा उद्यम कार्यक्रम अन्र्तगत जिल्लामा ७ वटा युवा समूहलाई पाँच लाखको दरले र्निब्याज ऋण सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष वसन्त ढकालको सभापतित्व, नेपाल बचत तथा ऋण सहकारी संघ बुटवल शाखाका सुनिल ज्ञवाली, युवा समिति कार्यालय प्रमुख सविता निरौला र छनौट भएका सात वटा समूहका अध्यक्ष एवम् प्रतिनिधिको बैठकले सो ऋण मार्फत उद्यम कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

समितिको आइतबार बुटवलमा सम्पन्न बैठकले जिल्लाको ७ वटा निर्वाचन क्षेत्रमा रहेका ७ वटा संस्थालाई जनही ५ लाखका दरले ऋण सहयोग गर्ने गरी निर्णय गरिएको जिल्ला युवा समिति रुपन्देहीका शेषकान्त पोखरेलले जानकारी गराए ।
जिल्लामा ऋण सहयोग प्राप्त गर्ने युवा उद्यम समूहहरुमा क्षेत्र नं १ बाट सिद्धार्थ सामुदायिक सिकाई केन्द्र धकधई, क्षेत्र नं २ बाट लुम्बिनीखबर सञ्चार गृह भैरहवा, क्षेत्र नं ३ बाट श्री सम्मरीमाई सामुदायिक संस्था, क्षेत्र नं ४ बाट भैरव टेक्नो पार्क बुटवल, क्षेत्र नं ५ बाट रेग्मी दुग्ध उत्पादन तथा बिक्री केन्द्र रुद्रपुर, क्षेत्र नं ६ बाट वरुण कृषक समूह बोगडी, क्षेत्र नं ७ बाट लुम्बिनी प्रगतिशील युवा क्लब महादेवा रहेका छन् ।
युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्ले उद्यम कार्यक्रम सञ्चालनका लागि प्रत्येक वार्ड एक उद्यम नीति अनुसार केही महिना अगाडि सार्वजनिक रुपमा प्रस्ताव आह्वान गरेको थियो । सो आह्वान अन्र्तगत धेरै प्रस्ताव समितिमा परेको भएतापनि राष्ट्रिय युवा परिषद्ले जिल्लाका ७ निर्वाचन क्षेत्रमा प्रतिनिधिमूलक ढंगले १÷१ वटा सामूहिक संस्थालाई उद्यम कार्यक्रम सञ्चालनका लागि छनौट गरेको हो ।
छनौट भएका संस्थाले नेपाल बचत तथा ऋण सहकारी संघ (नेप्सकुन) मा आबद्ध रहेका सहकारी संस्था मार्फत किस्तामा ऋण सहयोग प्राप्त गर्नेछन् । प्रस्तावनामा उल्लेख भएअनुसार काम सम्पन्न गरेपछि निश्चित अवधिपछि सो ऋण बापतको रकम भने सहकारी मार्फत फिर्ता गर्नुपर्नेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.