इतिहासकै सवैभन्दा जम्बो सरकार

बुटवल । भदौ २६ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार नेपालको इतिहासमा अहिलेसम्मको सवैभन्दा जम्वो सरकार बनेको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालै फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका चार जना मन्त्रीलाई सहभागी गराउँदै सोमवार मन्त्रिपरिषद् विस्तार गरेर जम्बो सरकारको रेकर्ड बनाउनुभएको हो ।

संसदमा १८ सीट रहेको राप्रपा प्रजातान्त्रिकबाट ४ जना मन्त्री थपिएसँगै प्रधानमन्त्री देउवाको बर्तमान मन्त्रीमण्डल इतिहासकै सवैभन्दा ठूलो ५४ सदस्यीय भएको छ ।

संसदीय दलका नेता दीपक बोहोराको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी भएको छ ।
बोहोराले भोली विज्ञान तथा प्रविधि, उपनेता विक्रम पाण्डेले वन तथा भू–संरक्षण र सुनीलबहादुर थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन ।

यस्तै रेशम लामा उद्योग राज्यमन्त्री बन्नुभएको छ । बोहोरालाई विवादास्पद भनेर प्रधानमन्त्री देउवाले अनिच्छादेखाएपनि विज्ञान मन्त्रालय दिएर भएपनि मन्त्री बनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
यसअघि २०५२ सालमा देउवाले ५२ सदस्यीय मन्त्रीमण्डल गठन गर्दै त्यो बेलाको सर्वाधिक ठूलो मन्त्रिपरिषद् बनाउनु भएको थियो । अहिले फेरि आफैले त्यो रेकर्ड समेत तोडेर देउवाले जम्बोको रेकर्ड कायम गर्नुभयो ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचन भएका प्रधानमन्त्री देउवाले २४ गते ७ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको थियो । त्यसपछि जेठ २८, असार २, साउन ११ र भदौं ४ गते मन्त्रीमण्डल बिस्तार गरेका प्रधानमन्त्री देउवाले दलीय भागबण्डा पुर्यााउन आइतवार मन्त्रि चयन गरेर सोमवार पाँचौ पटक बिस्तार गर्न गर्नुभएको छ । । योसँगै बर्तमान मन्त्रीमण्डलमा ३० मन्त्री र २४ राज्यमन्त्री हुनेछन् ।
संविधानमा वढीमा २५ सदस्यीय मन्त्रीमण्डल बन्ने उल्लेख भएपनि कनैपनि प्रधानमन्त्रीको कार्यकालमा सो व्यवस्था कार्यन्वयन हुन सकेको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.