फेरि पनि मन्त्रिपरिषद विस्तार हुनसक्छ–प्रधानमन्त्री

काठमाडौ । भदौ २७ । इतिहासकै सवैभन्दा जम्वो मन्त्रीपरिषद गठन गरेर आलोचना खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक परे फेरि पनि मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएको छ ।

मन्त्रिपरिषद विस्तार आचारसंहिता विपरित भएको भन्दै आइन्दा यस्तो काम नगर्न निर्वाचन आयोगले सचेत बनाए पनि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको सहमतिमै मन्त्रिपरिषद विस्तार गरेको बताउनुभयो ।

दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन कार्यक्रममा भाग लिन विराटनगर पुगेका प्रधानमन्त्री देउवाले मंगलवार पत्रकारसाग कुरा गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको सहमतिमा सरकारले काम गर्ने गरेको बताउनुभयो ।

सरकारको काममा आयोगले समस्या खडा नगरेको भन्दै प्रधानमन्त्री देउवाले फेरि पनि आवश्यकता भए सरकार विस्तार हुने स्पष्ट पार्नुभयो ।

किन जम्बो मन्त्रिपरिषद बनाउनुभयो भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री देउवाले मन्त्रीका आकांक्षी धेरै भएकोले मिलाउनुपरेको बताउनुभयो । अझै आकांक्षी धेरै भएकोले आवश्यकता अनुसार फेरी बिस्तार गरिने भन्दै ५४ सदस्यीय मन्त्रिपरिषद्मा अरु पनि मन्त्री थपिन सक्ने संकेत गर्नुभयो ।

दुई नम्बर प्रदेशको चुनावी कार्यक्रममा भाग लिएर प्रधानमन्त्री देउवा भदौ ३१ गते राजधानी फर्किनुहुने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.