मतदान विहान ७ बजेवाट

काठमाडौं । असोज १ । प्रदेश नम्वर २ का १ सय ३६ स्थानीय तहमा सोमवार विहान ७ बजेदेखि मतदान शुरु हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लामा सोमवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।
प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।
यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।

मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्वाचन आयोगले निर्भयका साथ मतदानमा सहभागी हुन आग्रह गरेको छ ।
आयोगले आइतवार पत्रकार सम्मेलन गरि निर्वाचनका लागि आबश्यक सबै तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न समेत सर्वसाधारणलाई अपिल गर्नुभएको छ । आयोगका अनुसार निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले लालपूर्जा, सवारी चालक अनुमती पत्र, नागरिकता, सरकारी निकायवाट जारी भएका फोटो सहितको परिचयपत्र भएका ब्यक्तिहरुले समेत मतदान गर्न पाउने छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.