भष्ट्राचारको आरोपमा आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का पदमुक्त

काठमाडौ । असोज २ । जग्गा खरिद प्रकरणमा अनियमितता गरेको भन्दै चौतर्फि आलोचना खेपिरहेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काइ सरकारले पदमुक्त गरेको छ ।

मन्त्रिपरिषदको सोमवारको बैठकले खड्कालाई निलम्वन गरेको हो । सरकारलाई सहयोग नगरेको र अनियमित रुपमा जग्गा खरिद गरेको भन्दै मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभिन्न संसदीय समितिको सिफारिस अनुसार खड्कालाई निलम्बन गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

आपूर्ति मन्त्रालयले आयल निगमको जग्गा खरिद प्रकरणमा अरबौ घोटाला भएको ठहर गर्दै कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

नेपाल आयल निगमले इन्धन भण्डारण स्थल बनाउन भैरहवा तथा झापा, सर्लाही र चितवनमा जग्गा किन्दा अत्यन्त मंहगो मुल्यमा खोला किनारको बगर समेत किनेको भन्दै लेखा समिति र उपभोक्ता हित संरक्षण समिति सहित चारवटा संसदीय समितिले समेत कारवाहीको सिफारिस गरेका थिए ।

जग्गा किन्दा दलालहरुसँग निगमका अधिकारीले मिलेमतो गरेको, सरकारी जग्गा प्राप्तीको प्रक्रिया पूरा नगरी टेण्डरमा गएको र चल्तीकोभन्दा बढी मूल्य तिरेर अनियमितता गरेको ठहर संसदीय समितिहरुले गरेका छन् ।

बजार मूल्य भन्दा चार गुणा बढी मूल्य तिरेको भेटिएपनि उनीमाथि हालसम्म कारवाही भएको थिएन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.