राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका प्रस्थान

काठमाडौ । असोज ३ । संयुक्त राष्ट्रसंघको ७२ महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा मंगलवार साँझ ५ बजे २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलका साथ अमेरिका प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले असोज ७ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्नु हुने कार्यक्रम छ ।
यसअघि लगातार दुई बर्ष सम्म नेपालले राष्ट्रसंघमा प्रधानमन्त्रीस्तरको सहभागिता जनाएको थिएन ।

प्रधानमन्त्री देउवाले असोज ५ गते अमेरिकाको कोलम्बिया विश्विवद्यालमा आयोजित वल्ड लिडर्स फोरमलाई सम्बोधन गर्नुहुने छ । अमेरिका बसाईकै क्रममा प्रधानमन्त्री देउवाले सार्क सदस्य राष्ट्र तथा सरकार प्रमुखहरुसँग पनि भेटवार्ता गर्नुहुने छ ।

प्रधानमन्त्री देउवा अमेरिकाबाट असोज ८ गते ओमान जानु हुने छ । ८ गते उहाँले ओमनमा खाडी मुलुकका नेपाली राजदूतहरुलाई सम्बोधन गर्नु हुने कार्यकम छ । प्रधानमन्त्री देउवा असोज १२ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भ्रमण तयारीका लागि उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णवहादुर महरा अमेरिका पुगिसक्नु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.