मन्त्रीपरिषद् बिस्तारको निर्णय सच्चाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौ । असोज ३ । इतिहासकै सवैभन्दा ठुलो मन्त्रीपरिषद गठन गरेर चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगले निर्णय सच्चाउन निर्देशन दिएको छ ।

मन्त्रीपरिषद् बिस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर गर्दै आयोगले निर्णय सच्चाउन निर्देशन दिएको हो ।

निर्णय सच्चाउन निर्देशन दिनु भनेको मन्त्री थप्ने निर्णय फिर्ता लिन लगाउनु हो । २ नम्वर प्रदेशमा मतदान भैरहँदा सोमवार प्रधानमन्त्री देउवाले दुइ जना राज्यमन्त्री थप गर्नुभएको थियो । मन्त्रीपरिषद् बिस्तारले निर्वाचनको निष्पक्षता र स्वच्छ प्रतिष्प्रर्धा कुण्ठित हुन जाने आयोगको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दुइ जना राज्यमन्त्री थप गर्दै मन्त्रीपरिषदको संख्या ५६ पुर्याउनुभएको थियो ।

आयोगले यसअघि पनि मन्त्रीपरिषद बिस्तार गर्दा आचार संहिता विपरित भएको भन्दै आइन्दा त्यसो नगर्न भनेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.