एमाले चार स्थानमा विजयी, काँग्रेसको अग्रता

काठमाडौ । असोज ५ । प्रदेश नम्वर दुइमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम बढ्दै गएको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमाले चार, नेकपा मा‌‌ओवादी केन्द्र र फोरम लोकतान्त्रिकले दुई स्थानमा जित हासिल गरेका छन ।

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले एक–एक स्थानमा जितेका छन् । जारी मतगणनामा नेपाली का‌ग्रेसले ३९ स्थानमा अग्रता लिएको भने संघिय समाजवादी फोरमले २३, नेकपा माओवादी केन्द्रले २०, राष्ट्रिय जनता पार्टी २० र नेकपा एमाले १४ स्थानमा अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार सप्तरीको सप्तकोसी नगरपालिका प्रमुखमा नेकपा एमालेका उत्तम गौतम र उपप्रमुखमा आशा चौधरी विजयी हुनुभएको छ । पर्सा पटेर्वा सुगौली गाँउपालिका अध्यक्षमा नेकपा एमालेका हरिनारायण चौधरी विजयी हुनुभएको छ । उपाध्यक्षमा भने नेपाली कांग्रेसका दिनेश चौधरी विजयी हुनुभएको छ । धनुषाको बट्टेश्वर गाँउपालिका अध्यक्षमा एमालेका डम्वर बहादुर राउत विजयी हुनुभएको छ ।

धनुषाको मुखियापट्टी मुसहरमिया गाँउपालिका अध्यक्षमा एमालेका मनोज कुमार यादव विजयी हुनुभएको छ ।
औरही गाँउपालिकाको अध्यक्षमा कांग्रेसका व्रम्हदेव यादव विजयी हुनुभएको छ । सर्लाहीको विष्णु गाँउपालिका अध्यक्षमा फोरम लोकतान्त्रिकका जवाहरलाल यादव विजयी हुनुभएको छ । यस्तै सिरहाको अर्नमा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरीले जित हासिल गर्नुभएको छ ।

रौतहटको इशनाथ नगरपालिका प्रमुखमा फोरम लोकतान्त्रिकका सन्तोषकुमार मेहता र उपप्रमुखमा हुसने हारा विजयी हुनुभएको छ ।
सिरहाको विष्णुपुर गाँउपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी हुनुभएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका गंगा पासवान र उपप्रमुखमा ज्ञानु श्रेष्ठ विजयी हुनुभएको छ । धनुषाको हंसपुर नगरपालिका प्रमुखमा राजपा नेपालका रामज्ञान मण्डल र उपप्रमुखमा रेणुदेवी झाले जित हासिल गर्नुभएको छ ।
मतगणना जारी रहेका ठाँउमा सुस्त गतिमा गणना भैरहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.