दशैं शुरु,यसपाली टिकाको साइत ११ बजेर ५५ मिनेटमा

काठमाडौ । असोज ५ । नेपालीहरुको महान चाड बडा दशै बुधवारदेखि शुरु भएको छ । दशैको पहिलो दिन बुधवार शक्तीपिठहरुमा पूजा अचना गरिनुका साथै घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ ।

यस वर्षको दसैंको टिकाको साइत बिहान ११ बजेर ५५ मिनेट जादा उत्तम भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसैदिनदेखि नवरात्र आरम्भ हुन्छ । घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।

कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउ“मा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउ“मा जमरा उमार्न जौ मकै आदि छर्ने प्रचलन रहेको छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ ।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । घटस्थापनाको शुभ साइत शनिवार बिहान ८ बजेर ३४ मिनटमा भएपनि साझैसम्म जमरा राख्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घटस्थापनाको उपलक्ष्यमा काठमाडौको हनुमानढोका दरबारमा रहेको दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गाको पूजा गरीनुका साथै अन्य सबै शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत दिई रहनु नपर्ने परम्परा छ। फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।

असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.