युवा उद्दमशिलतामा जोडदिने लक्ष्य सहित हाम्रो समुह गठन

बुटवल । असोज ५ । रुपन्देहीका युवाहरुको एक भेलाले स्वदेशी उत्पादन मार्फत आर्थिक सम्वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले हाम्रो समुह नामक संस्था गठन गरेको छ ।

बुटवलमा बिहिवार भएको भेलाले कृषि, उद्योग ,ब्यापार, उत्पादन लगायतका क्षेत्रमा सामुहित लगानीमा काम गर्ने गरी संस्था गठन गरेको हो ।

युवा उद्दमशिलतामा जोडदिने लक्ष्य राखिएको संस्थाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे, सचिवमा युवराज न्यौपाने,कोषाध्यक्षमा गोपीलाल पौडेल रहनुभएको छ । यसैगरी सदस्यहरुमा चिरन अर्याल,भुवन पन्त,रामु जिसि र सुशील चन्द पराजुली रहनुभएको छ ।

कार्यक्रममा विभिन्न उपसमिति समेत गठन गरिएको थियो । भेलाले लगानीका क्षेत्र र भावी योजनाबारे छलफल गरेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.